काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
निर्माण सम्पन्न भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको बर्दिबास कार्यालयबाट टोली खटिएको थियो।
आयोगका अनुसार खटिएको टोलीले यादव र मधुकरलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा असोज २० गते मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँ समेत फेला परेको आयोगले जनाएको छ। नियन्त्रणमा लिइएका दुवै जनामाथि घुससम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतबाट असोज २१ गते म्याद थप गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)
सम्बन्धित समाचार
भारी वर्षा र बाढीको जोखिम : डिमानद्वारा पूर्वतयारीमा जोड
काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कबिर शर्मा सर्वसम्मत
पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह
३ जना मृत अवस्थामा भेटिए
एसएसपी खड्का पुगे आयोग, गृहमन्त्री र आइजीपीलाई पनि बोलाइने
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण
देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने





