ललितपुर । नृत्यकर्मी तथा अनुसन्धानकर्ता स्वजन रघुवंशीले नेपाली नृत्य विधामा महत्वपूर्ण शैक्षिक उपलब्धि हासिल गरेका छन्। उनले भारतको छत्तीसगढ, खैरागढस्थित राजकुमारी इन्दिरा सिंह कला संगीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेका हुन्। उनको अन्तिम मौखिक परीक्षा ३ अक्टोबर २०२६ मा सम्पन्न भएको हो।
रघुवंशीले ‘भारतको कथक तथा भरतनाट्यम् नृत्य एवं नेपालको कार्तिक नाचको तुलनात्मक अध्ययन’ विषयमा अनुसन्धान गरेका हुन्। अनुसन्धानको मार्गदर्शन डा. शेख मेदिनी होम्बलले गरेका छन्।
आईसीसीआर सिल्भर जुबिली स्कलरशिप अवार्ड प्राप्त गरी सन् २०२१ देखि अनुसन्धानमा संलग्न रघुवंशीले बाल्यकालदेखि नै कार्तिक नाचमार्फत नृत्य यात्रा सुरु गरेका थिए। उनले भरतनाट्यम्, कथक, चर्या तथा नेपाली लोकनृत्यमा अध्ययन, प्रशिक्षण र प्रस्तुति दिएका छन्।
बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम्मा स्नातकोत्तर गरेका रघुवंशीले विभिन्न आठ देशमा नेपाली नृत्य प्रस्तुत गर्नुका साथै २० भन्दा बढी नृत्य कार्यशाला सञ्चालन गरेका छन्। युवा प्रतिभा पुरस्कार, भारत गौरव सम्मान तथा नटराज सम्मानलगायतबाट सम्मानित उनी क्लासिक कल्चर सेन्टरका संस्थापक तथा अध्यक्षसमेत हुन्।
नेपालमा नृत्यलाई अकादमिक अध्ययन र अनुसन्धानको विषयका रूपमा अघि बढाउने क्रममा रघुवंशीको विद्यावारिधिलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
सम्बन्धित समाचार
अनमोल केसीको ‘बाटुलो जून’ दसैंमा नआउने
‘पेन्सन पट्टा’ को कमाई सात करोड नाघ्यो, कुन चलचित्रले कति कमाए ?
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’
गायिका मेलिना राईलाई पितृशोक
अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी
भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण





