काठमाडौँमा बराम जातिको प्रथम फुटसल कप सम्पन्न

काठमाडौँ । नेपाल बराम समाजको आयोजनामा बराम जातिको ‘प्रथम फुटसल कप’ प्रतियोगिता काठमाडौँमा सम्पन्न भएको छ। बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा भएको प्रतियोगितामा २४ टोली सहभागी भएका थिए।

प्रतियोगिताको फाइनलमा थुमी युवा क्लबले गाउँले एकता बराम क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ। विजेता थुमी युवा क्लबले नगद २० हजार रुपैयाँसहित ट्रफी तथा उपविजेता गाउँले एकता बराम क्लबले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।

गाउँले एकता बराम क्लबका सन्देश बराम उत्कृष्ट खेलाडी तथा थुमी युवा क्लबका सचिन बराम उत्कृष्ट किपर घोषित भए। अन्नपूर्ण युवा क्लबका मनोज बराम ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बने।

नेपाल बराम समाजका अध्यक्ष सागर बरामले काठमाडौँमा छरिएर रहेका बराम युवालाई एकजुट गराउँदै जातीय पहिचान, संस्कृति र समुदायप्रति सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

बराम जाति नेपालका अति सीमान्तकृत आदिवासी जनजाति समूहमा पर्छ। करिब ७ हजार ८५९ जनसंख्या रहेको बराम समुदायको मौलिक भाषा ‘बालकुरा’ लोपोन्मुख अवस्थामा रहेको समाजले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालय समयमै वडासचिव निदाएको तस्वीर भाइरल