पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।  पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।‎मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ।

‎महाशाखाका अनुसार  गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थाेरै स्थान तथा पहाडी भूभाग एक-दुई स्थानमा मध्यमसम्मकाे वर्षा तथा हिमपातको सम्भावना छ। ‎लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

‎त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। ‎वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम सूचना र पूर्वानुमान’bout नियमित जानकारी लिन महाशाखाले अनुरोध गरिएकाे छ।

 नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायुका कारण हल्का वर्षा भने हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

खगेन्द्र सुनारले पार्टी अनुशासन आयोगलाई पठाएको लिखित जवाफमा के छ ?