काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै सातवटै टोलीका लोगो अंकित ‘स्पेसल एडिसन क्यान’ बजारमा ल्याएको छ ।
एनपीएलको उत्साहलाई क्रिकेट समर्थकहरूमाझ अझ नजिक पु¥याउने र उनीहरूलाई आफ्नो मन पर्ने टोलीप्रति समर्थन तथा गर्व व्यक्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यी विशेष क्यानहरू सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार क्रिकेटप्रेमीहरूले अब खेल हेर्दा वा साथीभाइसँग टिमको चर्चा गर्दा आफ्नो प्रिय टोलीको पहिचान बोकेको एक्स्ट्रीम क्यान रोज्न सक्नेछन् ।
’सात टिम, सात पहिचान’ भन्ने सन्देशका साथ ल्याइएका यी स्पेसल एडिसन क्यानहरू ग्राहकका लागि नजिकैका किराना पसल तथा प्रमुख बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सीमित
स्थानीयको अवरोध र टिपर व्यवसायीको आन्दोलनले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प
घट्यो सुन चाँदीको भाउ, कतिमा भइराखेको छ आज कारोबार ?
आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
कोरला नाकाबाट भित्रिएका ‘ईभी’लाई गन्तव्यमा पुर्याउन सकस
२१.३२ अंकले बढ्यो नेप्से परिसूचक
प्रभु बैंकमा आफ्नै विनियमावलीको धज्जी
भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स






