उदयपुर । सडक दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले टिपर सञ्चालनमा रोक लगाएपछि सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प भएको छ । उदयपुरको कटारी नगरपालिका–८ गाल्टारस्थित खानीबाट चुनढुंगा ढुवानी हुँदै आएको सडक प्रयोगको विषयलाई लिएर स्थानीय र टिपर व्यवसायी बीच विवाद चर्किएको हो । विवादकै कारण टिपर व्यवसायीले सिद्धिचरण र मदन भण्डारी लोकमार्ग तीन दिन देखि अवरुद्ध गरेर विरोध प्रदर्शन गरेपछि त्यस क्षेत्रको यातायात प्रभावित भएको छ ।
वैकल्पिक सडकको मागमा स्थानीय र व्यवसायी आमनेसामने, समाधान खोज्न सोमबार त्रिपक्षीय छलफल हुने
सौर्य सिमेन्टले चुनढुंगा ढुवानीका लागि प्रयोग गर्दै आएको कटारी–सिम्ले–मर्जेपुर–गाल्टार सडकमा टिपर सञ्चालन गर्न नदिने स्थानीयको अडान छ । बस्ती हुँदै जाने सडकमा टिपर चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीयले बैकल्पिक सडकको व्यवस्था गर्न उद्योगसँग माग गर्दै आएका छन् ।
तर, टिपर व्यवसायीले बैकल्पिक सडक नबने सम्म विगत आठ वर्षदेखि प्रयोग गर्दै आएको सडकबाटै ढुवानी गर्न पाउनु पर्ने माग राखेका छन् । दुवै पक्ष आ–आङ्खनो अडानमा कायम रहँदा चुनढुंगा ढुवानी अनिश्चित बनेको छ । सडक प्रयोगको विवाद समाधान हुन नसक्दा उद्योगको ढुवानी प्रभावित हुनुका साथै टिपर व्यवसायी समेत आर्थिक दबाबमा परेका छन् ।

उदयपुर, सिरहा र सिन्धुलीका टिपर व्यवसायी समितिका अध्यक्ष नयन सुनुवारले स्थानीयको विरोधका कारण ढुवानी रोकिएपछि सडक खुलाउन आन्दोलन गर्नु परेको बताए । उद्योगले बैकल्पिक सडकको व्यवस्था नगरे सम्म हाल प्रयोग भइ रहेको सडकबाट ढुवानी गर्न दिनु पर्ने उनको माग छ ।
हामीले विगत आठ वर्षदेखि जुन सडक प्रयोग गर्दै आएका थियौँ, अहिले स्थानीयले त्यही सडक प्रयोग गर्न नदिने भनेका छन् । उद्योगले बैकल्पिक सडक नखोलुन्जेल हालकै सडक प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ सुनुवारले भने, ‘टिपर चलाउन नपाए किस्ता कसरी तिर्ने ? दसैँमा घरखर्च कसरी चलाउने ?
ढुवानी रोकिएपछि टिपर व्यवसायीले गत बुधबार देखि सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका–४ स्थित सिम्ले बजारमा टायर बालेर र टिपर सडकमा तेस्र्याएर विरोध गरेका थिए । बिहीबार मदन भण्डारी लोकमार्गको कटारी बजार खण्डमा टिफर तेस्र्याउँदै दुई घण्टा सडक अवरुद्ध पारेका थिए ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक उपेन्द्र खरेलका अनुसार स्थानीयले हाल प्रयोग भइरहेको सडकमा टिफर चलाउन नदिने अडान राखेका छन् भने व्यवसायीले बैकल्पिक सडक नबन्दासम्म ढुवानी गर्न पाउनु पर्ने माग गरेका छन् । दुवै पक्ष बीचको विवादका कारण बुधबार र बिहीबार मुख्य राजमार्गमा समेत अवरोध भएको डिएसपी खरेलले बताए ।
सम्बन्धित समाचार
कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म
सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
सुदूरपश्चिममा बजेट निर्माणमै अन्योल, असोज दोस्रो साताको भाका पनि टर्दै
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
इटहरीमा सीप तथा रोजगार मेला सुरु
जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन ठप्प
बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो





