काठमाडौं । श्रीलंकाका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
जनकपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आज परेरालाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
जनकपुरले सामाजिक सञ्जालमा परेरालाई स्वागत गर्दै लेखेको छ, ‘निर्भीक शैलीमा ब्याटिङ गर्ने र महत्वपूर्ण क्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी कुशल परेरा एनपिएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।’
परेराले यसअघि इण्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) सहित विभिन्न सात फ्रेन्चाइज लिग खेलिसकेका छन् । एनपीएल उनका लागि आठौँ लिग हुनेछ ।
श्रीलंकाको राष्ट्रिय टोलीबाट तीनवटै प्रारूपमा खेलेका परेराले टेष्ट क्रिकेटमा २२ खेलबाट एक हजार १७७, एकदिवसीय अन्तरराष्ट्रियमा ११६ खेलबाट तीन हजार २३७ तथा टी–२० अन्तरराष्ट्रियमा ९५ खेलबाट दुई हजार ३३५ रन बनाएका छन् ।
जनकपुरले परेरासहित इङ्ग्ल्याण्डका मोइन अली, न्युजिल्यान्डका जिमी नीशम, पाकिस्तानका इफ्तिखार अहमद, अमरिकाका हरमित सिंहलगायतलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।
एनपीएलको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
सम्बन्धित समाचार
आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर
एनपीएलका सबै खेलमा डीआरएस लागू हुने
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
एनपीएलको नयाँ उडान: नेपाली क्रिकेटले खोजेको व्यावसायिक भविष्य
दुर्लभ एकसिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
ह्वात्तै घट्यो अमेरिकी डलरको मूल्य
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी
पाकिस्तानमा विद्यालयको छाना खस्दा एक शिक्षकसहित २१ बालबालिकाको मृत्यु






