पाकिस्तान । उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् ।
पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको संख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन् ।
विज्ञप्ति मार्फत प्रधानमन्त्री सरिफले शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् भने उनीहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति तथा धैर्य प्राप्त होस् भनी कामना गरेका छन् ।
२४ करोडभन्दा बढी जनसंखया भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटनाहरू पटक–पटक हुने गरेको जनाइएको छ ।
यस वर्षको जुन महिनामा पूर्वी सहर लाहोरस्थित एक ट्युसन केन्द्रमा छाना खसेर भएको दुर्घटनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०२५ मा, दक्षिणी सहर कराँचीको गरिबी बस्ती लियारीमा पाँच तले भवन भत्किँदा २७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
भग्नावशेषबाट पीडितहरूलाई निकाल्नको लागी उद्धार प्रयास भइरहेको जनाइएको छ भने प्रहरीले विद्यदालय भवन भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको बताएको छ ।
सम्बन्धित समाचार
विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने सह–पाइलटको योजना भताभुंग, भारतीय पाइलटको सर्वत्र प्रशंसा
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
अन्तर्राष्ट्रिय न्यायको पक्षमा उभिएकी नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
रियाद विमानस्थल र साउदी विमानमा आक्रमण, कप्तानसहित ३ जनाको मृत्यु
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्यो
‘मूलधार कांग्रेस’मा नेता व्यवस्थापनको सकस
खोलामा बगेका तेजबहादुरका दुई कार्यकाल
सर्वोच्च अदालतमा ४ न्यायाधीश सिफारिस






