धनगढी । धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा १६ खेल मैदानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रम सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार उपमहानगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा बालबालिका र युवालाई फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराइनेछ ।
कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्क खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान र वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदानमा कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालयको खेल मैदान, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालयको खेल मैदान, वडा नम्बर १२ को मनकामना युवा क्लबको खेल मैदान तथा वडा नम्बर १३ का जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानमा पनि कार्यक्रम सञ्चालन हुनेछ ।
वडा नम्बर १४ को टाउन प्लानिङ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको खेल मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान तथा वडा नम्बर १९ को फूलबारी माध्यमिक विद्यालयको खेल मैदानलाई समेत कार्यक्रममा समेटिएको छ ।
स्थानीयस्तरमै फुटबलको आधार बलियो बनाउने, विद्यालय तथा सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिमा उपयोग गर्ने र बालबालिकालाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षदेखि ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित समाचार
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
क्रिकेटको जोश, संगीतको ऊर्जा: एक्स्ट्रीम एन्थम सार्वजनिक !
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो
ह्यारी केनलाई ब्यालन डी’ओर






