आझेलमा ऐतिहाँसिक जोगिथुम भगवती मन्दिर

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ मा रहेको ऐतिहाँसिक जोगिथुम मन्दिरको महत्व बेग्लै छ । मदन भण्डारी राजमार्गको नजिकै रहेको यो मन्दिर रेसुङ्गा नगरका साथै धुर्कोट, इस्मा, मदाने, मालिका लगायतका गुल्मी पश्चिम भेगका नागरिकको लागि पायक पर्छ । तर यसको महत्व सबैसामु बुझाउन नसक्दा यो मन्दिर ओझेलमा परेको छ । मन्दिर व्यवस्थापन समिति एवं सरकारी नियकायबाट मन्दिर पुन निर्माणका लागि काम गरिएपनि प्रचार–प्रसारमा ध्यान नदिँदा मन्दिर ओझेलमा परेको हो ।

यस्तो छ मन्दिरको इतिहास
भगवती मन्दिर स्थापना हुनुपूर्व स्थानीयले सालको रुखमुखी थान बनाएर शितलादेवीको पुजा गरेको प्रामाणविक इतिहास छ । तत्कालिन समयमा मकैको डाठले ’boutर पुजा गरिने स्थानीय जानकार यज्ञ गौतमले जानकारी दिए । त्य समयमा पनाहा खोला पारी खजुरेमा आगलागी भयो । उक्त आगोले जोखिथुम आसपासका सबै क्षेत्रमा नोक्सान गरेपनि शितलादेवीको थान जोगिएकोले मानिसहरुको विश्वास बढेको हो ।

त्यसपछि उक्त ठाउँमा एक नामुद् धामी जिते रानालाई भगवती उत्रेपछि यस मन्दिरको नाम नै ‘भगवती’ नामाकरण गरी मन्दिर मन्दिर स्थापना गरियो । यस मन्दिरमा वि.स. १९३३ सालमा धनविर राना लगायतले चढाएको घन्टी अहिले पनि सुरक्षित छ । मन्दिरमा मानिसहरुले भाकल गर्ने गर्दछन् ।

काम सम्पन्न भएपछि भगवतीलाई पञ्जवली, बली चढाउने, परेवा उडाउने लगायतका कार्य गर्दछन् । मन्दिरमा साउन महिना बाहेक बाँकी ११ महिनामा प्रत्येक आइतबार पुजा हुन्छ । उक्त पुजामा सेउघा, अर्खले, भुवनपानी, जैसिथोक, पालुखा, हर्पुकोट, दर्लामचौर, नेटा लगायतका ठाउँहरुबाट भक्तजनहरु आउने गर्दछन् ।

मन्दिरमा दसैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन देवीको पुजा हुन्छ । फुलपाती, अष्टमी र नवमीको दिन विशेष पुजा हुन्छ । नवमीको दिन बली दिइन्छ । दशमीको दिन मन्दिरमा टिका चढाएपछि मात्र मानिसहरुले लगाउने गर्दछन् । पूर्णिमाको दिन यहाँको फुलपाती विसर्जन गर्न नजिकको विद्यालयको चौरमा रहेको आसममा पुजन गरी पधेँरामा लगिन्छ ।

मन्दिरमा रहेका दश बाहिनी, पताका, ध्वजाका लिङ्गो, न्युकुरी, खूडाँ, तरबार आदि पुजेरीले नै बोकेर लैजान्छन् । आसममा पुजा सुरु भएपछि सरायँ नाच हुने मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष झवि पाण्डेले बताए । पूर्णिमाको दिन यस मन्दिरमा विभिन्न ठाउँबाट हजारौँको संख्यामा भक्तजनको उपस्थिति रहन्छ ।

जोगिथुम मन्दिर स्थानीयको धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ । यहाँ भगवतीसँगै शीतला देवी, छत्रदेव र नागका मन्दिरसमेत रहेका छन् । मन्दिरको इतिहाससँग स्थानीय जनविश्वास र पुस्तौँदेखि चलिआएका धार्मिक परम्परा जोडिएको अध्यक्ष लाल बहादुर दर्लामीको भनाई छ ।

स्थानीय सरकार बनेपछि ०७४ सालदेखि नै उक्त मन्दिरको पुन निर्माणको काम सुरु भएको थियो । ०७६ मा रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको ५० लाख लागतमा मन्दिरको पुन निर्माण गरिएको थियो । पछि करिब पाँच लाखमा बत्ति जडान, गेट निर्माण लगायतका काम भएका छन् । मन्दिरमा खुकुरी, बाजा लगायतका अधिकाशं सामग्री निःशुल्क समेत प्राप्त भएका छन् ।

सोही वडाका वडाध्यक्ष एवं रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समिति संयोजक लिलाधर आचार्यले नगर, वडा र व्यवस्थापन समितिले एकजुट भई मन्दिरको चौतर्फी विकासको लागि काम गरेको दाबी गरे । जोगिथुम भगवती मन्दिर थागिथुम मन्दिरको दिदी भएको हुँदा यसको महत्व अझ बढी रहेको बताए । उनले मन्दिरको पुन निर्माणको अधिकाशं काम सकिएको बताउदैँ प्रचार प्रचार गरी आन्तरिक पर्यटकमार्फत सेउघाबासीको जनस्तर उकास्न चाहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ