उर्लाबारी । परिवारको आर्थिक अवस्था सुधार्ने र सुखद भविष्य निर्माण गर्ने सपना बोकेर कतार पुगेका मोरङको उर्लाबारी नगरपालिका–९, चक्रेटोलका ३३ वर्षीय मनकुमार लम्जेलको शव काठमाडौं आइपुगेको छ। उनको पार्थिव शरीर घर ल्याउने तयारी भइरहेको छ।
वैदेशिक रोजगारीका लागि परदेशिएका मनकुमारको कतारमा मृत्यु भएको हो। परिवारका अनुसार, उनी साँझ खसीको मासुसहित खाना खाएर सुतेका थिए। भोलिपल्ट बिहान ओछ्यानमै मृत अवस्थामा फेला परे। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
गत वर्ष दसैँ–तिहार परिवारसँग मनाएर कतार फर्किएका मनकुमारको असामयिक निधनले परिवारमा बज्रपात परेको छ। परिवारको खुसीका लागि परदेशिएका उनी बाकसमा फर्किनुपर्दा उर्लाबारी–९ को चक्रेटोल गाउँ शोकमा डुबेको छ।
मनकुमारको शव काठमाडौं आइपुगे पनि प्रतिकूल मौसम र वर्षाका कारण घर पुर्याउन ढिलाइ हुने भएको छ। उनकी दिदी अनु श्रेष्ठका अनुसार शव लिएर परिवार घर फर्किंदै छ।
‘भाइको शव लिएर घर फर्किंदै छौँ। मौसम खराब छ, पानी परिरहेको छ। भोलि बिहान १०–११ बजेसम्म आइपुग्छौँ होला,’ उनले मलिन स्वरमा भनिन्।
परिवारलाई समृद्ध बनाउने सपना बोकेर विदेशिएका मनकुमारको जीवन ३३ वर्षकै उमेरमा अन्त्य भएको छ। उनको निधनले परिवारले प्रिय सदस्य गुमाएको छ भने आफन्त र छरछिमेकी शोकमा परेका छन्।
परिवारको भविष्यका लागि परदेशमा श्रम गरेका मनकुमारको सपना अधुरै रह्यो। उनको पार्थिव शरीर घर आइपुग्ने प्रतीक्षामा रहेका आफन्तका लागि अब उनीसँग बिताएका क्षण नै सम्झनाको सहारा बन्नेछन्।
सम्बन्धित समाचार
मलेसिया श्रम विवादः कूटनीतिक रिक्तताले श्रमिकको भविष्य अन्योलमा
एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने
नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्: ओली
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति





