पक्राउ पत्रकारलाई रिहा गर्न प्रधानमन्त्री शाहकाे निर्देशन गएकाे छः प्रेसबिज्ञ दाहाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले हालै पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्रीको कार्यालय र सचिवालयको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेकी छिन । उनले एक जानकारी जारी गर्दै यस घटना’bout प्रधानमन्त्रीको कार्यालयलाई कुनै पनि पूर्वजानकारी समेत प्राप्त नभएको प्रष्ट पारेकी छिन ।

घटना’bout जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको प्रेस विज्ञ दाहालले जानकारी दिइन ।

साथै, समाचार कक्ष (न्युज रुम) भित्र प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्नसमेत निर्देशन दिइएको उनले बताइन् ।

आज मात्रै पत्रकार ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदी र ‘मोटीभेट न्युज’का पत्रकार शोभराज बराल पक्राउ परेका थिए भने नयाँ पत्रिकाका नवराज मैनाली र दियो पोष्टका सम्पादक सुदिप विश्वकर्मा खोज्दै उनको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेपछि चाैतर्फी बिराेध भइरहेकाे छ । 

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा