झापा महिला गोल्डकप मंसिर ५ देखि

इलाम । दोस्रो संस्करणको झापा महिला गोल्डकप मंसिर ५ गतेदेखि १२ गतेसम्म हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत र भुटानका गरि आठ टीम सहभागी हुने आयोजकले जनाएको छ ।

गोल्डकपलार्ई व्यवस्थित र आकर्षक बनाउन आयोजकले यसपटक दर्शकदीर्घामा नयाँ प्रविधि प्रयोग गरेको छ । झापाकोे दुधे रङ्गशालामा हुने प्रतियोगिताका दर्शकका लागि नेपालमै पहिलोपटक रिङलक प्रविधिमा आधारित आधुनिक अस्थायी प्यारापिट जडान गरिएको आयोजकले जनाएको छ ।

झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार मैदानको पूर्वतर्फ निर्माण गरिएको रिङलक प्रविधिको प्यारापिट दुई हजार दर्शक क्षमताको छ । ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरी निर्माण गरिएको उक्त संरचना प्रतियोगितालाई लक्षित गरेर तयार पारिएको हो ।

आवश्यकताअनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यन्त्र लैजान र राख्न सकिने भएको हुँदा यसलाई प्रयोग गरिएको आयोजकले जनाएको छ ।

प्यारापिट छ तहको हुनेछ भने यसमा प्रयोग हुने ६ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म क्षमता थाम्ने आयोजकको दाबी छ । संरचनामा इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भ¥याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको अध्यक्ष थोप्राकाले बताए ।

रङ्गशालाको पश्चिमतर्फ स्थायी प्यारापिट रहेको छ भने पूर्वतर्फ आधुनिक रिङलक प्यारापिट निर्माण गरिएको छ । उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिटसमेत निर्माण गर्ने तयारी छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह