काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्थ गरी सुरु भएको बताएका छन् ।
पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले निर्वाचनपूर्व भएका ध्वंस्स,आक्रमणका कारण एमालेलाई प्रतिरक्षात्मक बनाएको उल्लेख गरे ।
‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरिकन राजनीति हुँदैन,’ उनले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ । त्यति नबुझी राजनीति बुझिँदैन ।’

ओलीले प्राविधिक कुरालाई मात्र देखाएर एमालेको आन्तरिक कमजोरीकै कारण एमालेको सरकारलाई बिस्थापन भयो भनेर बुझ्नु नहुने बताए ।
‘अल्गोरिदम लगाएर,सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो,’ ओलीले भने, ‘हामीप्रति घृणा फैलाएर,अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’
ओलीले मौसमी छिचिमिरासँग कोही पनि डराउनु नहुने बताए । ‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन । यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ । कतिपय आफैं भुइँमा झर्छन्,’ ओलीले भने, ‘यस्ता प्रवृति विरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’
सम्बन्धित समाचार
अन्ततः लखेटिए दानबहादुर
आफूलाई पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्चमा हालेकाे रिटमा अच्युतकृष्ण र हितेन्द्रदेवकाे नजिर
जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी
कुन नेतामाथि कतिबेला के हुने हो टुंगो छैनः प्रचण्ड
रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाको लहर, सदस्यता नै खारेज गर्ने चेतावनी
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा
रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै
प्रतिनिधिसभा विघटनवारे फैसला नगरेको भन्दै सर्वोच्चप्रति खनिए ओली






