काठमाडौं । नेपाली सेनाको प्रवक्ता फेरिएका छन् । यसअघिका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारीमा सरुवा गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व (प्रवक्ता) को जिम्मेवारी दिएका छन् ।
श्रेष्ठले बिहीबारदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले विगतमा जस्तै रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छन् ।
बस्नेतले करिब १७ महिनासम्म नेपाली सेनाको प्रवक्ता तथा सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
भीमफेदी इभी दुर्घटनामा थप तीन जनाको शव फेला
कोप–३१ मा नेपालको ‘असंगठित लर्को’
दानबहादुर कार्कीको रिटको पेसी बुधबारलाई तोकियो
सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली
रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
चिनिया महिला जासुससँगको सम्बन्ध विवादपछि एनभिडियाका प्रमुखले दिए राजीनामा






