अनुशासन विपरीत गतिविधि गर्नेलाई पदमुक्त गर्ने नेकपाको तयारी

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्दैछ ।

नेकपा एक नेताका अनुसार नेकपाबाट निर्वाचित भई पछि पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, पार्टीको नीतिविपरीत काम गरेका, पार्टीको विधान उलंघनजस्ता गतिविधिमामा संलग्न जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिदैछ ।

यसरी पदमुक्त हुनेमा केही वडाध्यक्षहरु रहेको नेकपाले जनाएको छ । त्यस्ता जनप्रतिनिधिहरुको नाम विभिन्न कमिटीबाट पार्टीको माथिल्लो तहमा बुझाइएको र बर्खास्तीमा पर्नेको नाम पनि तय भैसकेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीले केही दिनमै परिपत्र जारी गरी ती जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपाले जनाएको छ । पार्टीको निर्देशन नमान्ने, पार्टी नीति विपरित आफूखुशी काम गर्ने, जनताको काममा ध्यान नदिने लगायतका बिभिन्न कारण देखाउँदै पार्टीले उनीहरुलाई कारवाही गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित