काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् ।
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ तारिखदेखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० तारिखमा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
सम्बन्धित समाचार
एनपीएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित
एनपीएल : प्लेअफ रेसबाट बाहिरियो पोखरा, विराटनगरको जित
एनपीएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने प्रयासको सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय
एनपीएल : कीर्तिपुरमा चौका–छक्का, सुर्खेतको घण्टाघरमा हुटिङ र उत्सव






