अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ जना बालक र ९ जना बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी उद्धार गरेको हो ।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको सो कार्यसँगै घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार