झुण्डिएको अवस्थामा फेला परिन् कविता

सांकेतिक तस्वीर

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहाकी १८ वर्षीया कबिताकुमार राय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । सुत्ने कोठामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरीर शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

मृतकका बुबा जयप्रकाशले राती १० बजेतिर खाना खाएर कोठामा सुत्न गएकी छोरी बिहान झुण्डिएको अवस्थामा फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरेको बताए । उनले के कुन कारणले छोरीले आत्महत्या गरिन् भन्ने कुरा बुझ्न नसकेको बताए ।

कबिताले आत्महत्या गरेको देखिएको जनाउँदै प्रहरीले उनको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइ आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । योसँगै सप्तरीमा तीन महिनाको अवधीमा आत्महत्या गर्नेको संख्या ११ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु