सप्तरी । जिल्ला खेलकुद विकास समिति कार्यालय सप्तरीको ताला १० महिनापछि विहिबार खुलेको छ ।
जेठको पहिलो साता समितिकै उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्मा बहुमत पदाधिकारीले विभिन्न ३ बुँदे माग राखी समितिको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
समितिको कोषाध्यक्ष राजेश कुमार चोधरीले दिउसो ३ बजे तिर समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा भारोतोलन सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षक उपाध्यक्ष मनोज यादव तथा ठुलो संख्यामा उपस्थित खेलाडी र प्रशिक्षकको उपस्थितिमा ताला खोलेका हुन ।
बिहिबारै कोषाध्यक्ष चौधरीले विज्ञप्ती जारी गरी लामो समयको तालाबन्दीका कारण खेलकुद गतिविधि प्रभावित भएकाले खेलाडीहरुको भावनाको कदर गर्दै तालाबन्दी कार्यक्रम तत्कालका लागि फिर्ता लिईएको जनाको छ ।
यद्यपी विज्ञप्तीमा आफुहरुले उठाएका ३ बुँदे माग सात दिन भित्र सम्बोधन नभए थप शसक्त कार्यक्रम गर्ने चेतावनी समेत विज्ञप्ती माफर्त दिएको छ । समितिका सवै पदाधिकारी सत्ताधारी नेकपाद्वारा नै मनोनित भएपनि २ गुटमा विभाजित भएपछि विवाद सँगै तालाबन्दी पनि लम्बीदै गएको थियो ।
अध्यक्ष अमर खवास बाहेकका पदाधिकारीले कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा हुनुपर्ने, २०७१÷०७२ देखिको आय व्यय सार्वजनिक गर्नुपर्ने तथा कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त नाममा समितिको खाता संचालन हुनुपर्ने प्रमुख माग राखी गत ७ जेठमा समितिको मुल गेट तथा कार्यालयका अन्य सवै फाटमा तालाबन्दी गरेका थिए ।
