Thursday, August 5, 2021
HomeNot-to-be-missedरियल उपाधि होडमै

रियल उपाधि होडमै

,
sharethis

मड्रिड । भेट्रान फरवार्ड करिम बेन्जेमाको कीर्तिमानी दुई गोल सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकाल्दै उपाधि दाबेदारीलाई जीवितै राखेको छ । रियलले घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बिहीबार राति भएको खेलमा भ्यालेन्सियामाथि ३–० को सहज जित निकालेको हो ।

रियलको जितमा बेन्जेमाले कीर्तिमानी दुई गोल गर्दा झन्डै एक वर्षपछि चोटबाट पुनरागमन गर्दै मैदान फर्किएका मार्काे एसेन्सियोले एक गोल थपे । भ्यालेन्सियाविरुद्ध दुई गोल गरेका बेन्जेमा रियलबाट सर्वाधिक गोल गर्नेको सूचीमा पाँचांै स्थानमा उक्लिएका छन् । उनले फेरेन्क पुस्कासलाई एक गोलले पछि पारेको हो । बेन्जेमामा रियलबाट सबै खेलमा कुल २ सय ४३ गोल गरे । पुस्कासले २ सय ४२ गोल गरेका छन् । रियलबाट सर्वाधिक गोल गर्ने सूचीको शीर्ष चारमा क्रिस्टियानो रोनाल्डो (४५०), राहुल (३२३), अल्फ्रेडो डि स्टेफानो (३०८) र सान्टिललाना (२९०) गोल रहेका छन् । ३२ वर्षे फ्रेन्च फरवार्ड बेन्जेमाले यो सिजन ला लिगामा १६ गोल गर्दा सबै खेलमा २१ गोल गरेका छन् । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भएको थियो । खेलको १०औं मिनेटमा करिम बेन्जेमाको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षक जास्पर सिलेसेनले बचाए । लगत्तै बेन्जेमाको पासमा इडेन हजार्डको प्रहारलाई सिलेसेनले उत्कृष्ट डाइभ दिँदै विफल पारे । १६औं मिनेटमा पाहुना टोली भ्यालेन्सिया अग्रता लिनबाट चुक्यो । रोड्रिगोले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहार रियलका गोलरक्षक थिवाउट कोर्टुवालाई लाग्दै पोस्टमा लाग्दै बाहिरिएको थियो । २१औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गरे पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोग लिँदै त्यसलाई मान्यता दिएनन् ।

कार्लोस सोलेरको पासमा रोड्रिगोले प्रहार गर्नुअघि अफसाइडमा रहेका म्याक्सिमिलियानो गोमेजले बल छोएको थियो । २९औं मिनेटमा ड्यानी कार्भाहल पेनाल्टी क्षेत्रभित्र वान भर्सेस वानको अवस्थामा रहे पनि सिलेसेनले राम्रो बचाउ गरे । ४३औं मिनेटमा भ्यालेन्सियाका जिओफ्री कोन्डोग्बियाले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक कोर्टुवाले सुन्दर बचाउ गरे । इन्ज्युरी समयमा हजार्डले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकले सहजै बचाए ।

६१औं मिनेटमा रियलले बेन्जेमाको गोलमा अग्रता लियो । हजार्डले भ्यालेन्सियाका केभिन गेमेरियोको ब्याक पासलाई नियन्त्रणमा लिँदै लुका मोड्रिच साग वान टु वान खेल्दै मिलाइदिएको पासमा बेन्जेमाले उत्कृष्ट गोल गरे । त्यसको दुई मिनेटपछि नै बेन्जेमाको पासमा हजार्डले पेनाल्टी बक्स भित्रबाट हतारमा गरेको प्रहार आकासिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ७४औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २–० ले अघि बढाए । सब्सिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको ३० सेकेन्ड पनि नबित्दै एसेन्सियोले फरल्यान्ड मेन्डीको क्रस पासलाई वान टचमै हाफ भलीमा गोल गरे । उनी फेडरिको भाल्भेर्डेको स्थानमा मैदान छिरेका थिए ।

८७औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे । एसेन्सियोको क्रसलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै दोस्रो टचमा गरेको शक्तिशाली प्रहारले दर्शनीय रूपमा जाली चुम्दा सेलेसनले रोक्ने कुनै अवसर नै पाएन । बेन्जेमाको दोस्रो गोललाई यो सिजनकै गोल अफ दि सिजनको दाबेदारका रूपमा हेरिएको छ । बेन्जेमाको दोस्रो गोलमा प्रशिक्षक जिनेदिन जिदान नै आश्चर्यमा परेका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा भ्यालेन्सिया १० खेलाडीमा समेटियो ।

रियलका कप्तान सर्जियो रामोसलाई फउल गरेपछि कोरियन मिडफिल्डर काङ इन लिलाई रेफ्री जोसे सान्चेजले सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए । ७६औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका काङले रामोससँग बल खोस्ने क्रममा लगातार तीनपटक खुट्टामा अनावश्यक प्रहार गरेका थिए । यो जितसँगै रियलले पुनः शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी २ मा छोट्याएको छ । रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले ६४ अंक छ । भ्यालेन्सिया ४३ अंक जोडेर आठौं स्थानमा यथावत् छ ।

यस्तै, अर्काे खेलमा डिपोर्टिभो एलाभेससँग २–० ले पराजित भएसँगै रियल सोसिडाडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । एलाभेसविरुद्ध जित निकाल्न सकेको भए सोसिडाडले एट्लेटिको म्याड्रिड र गेटाफेलाई पछि पार्दै शीर्ष चारमा स्थान बनाउने थियो । तर, रियल सोसिडाडले खेल आफ्नो पक्षमा पार्न सकेन । हारसँगै रियल सोसिडाड २९ खेलबाट ४७ अंक जोडेर छैटौं स्थानमा छ । एलाभेस ३५ अंक जोडेर १२औं स्थानमा उक्लिन सफल भएको छ । एलाभेसका सेइन्ज र मार्टिनले गोल गरे । खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।

(Visited 145 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

ट्रेन्डिङ

सूर्योदय र जैविक विविधताको आनन्द दिने ‘पाटेनागी’

इलाम । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकिय ठाउँ भए...

दोस्रो भीमसेन र रामचन्द्रको आवश्यकता

‘तिमी भन्याका बडा मानिस हौं, आज काजीले भन्या जति हो तति पु-याव, यहाँबाट पनि अरू भारालाई बिदा गरेंउ, तताको भर तिम्रै छ – पृथ्वीनारायण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)