रुखबाट खसेर वृद्ध गम्भीर घाइते

तुलसीपुर । घाँस काट्ने क्रममा रुखबाट खसेर एक वृद्ध गम्भीर घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर उपमहागनरपालिका–१८ हेमन्तपुर निबासी ७४ बर्षका शोभाकर थपा घाँस काट्दै गर्दै रुखबाट खसेर गम्भीर घाइते भएका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । घटना बिहान साढे नौ बजे भएको थियो ।

छुट्टाछुटै दुर्घटनामा परी ४ जना घाइते
यसैगरी गएराति अटो पल्टिदा तुलसीपुर ३ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । एयरपोर्टबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ३६५१ नम्बरको अटो अनियन्त्रीत भई पल्टिदा चालक तुलसीपुर उपमहागनरपालिका–१२ क्वाङी निबासी ७८ बर्षका लक्षीराम कालाथोकी, सोही ठाउँ निबासी ३६ बर्षका जगतविर चौधरी र ४१ का कालिचरण चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गम्भीर घाइते कालाथोकीको तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । यसैबिच पश्चिम दाङको बगालेमा हाइस पल्टिँदा चालक घाइते भएका छन् । बगालेबाट हंसपुरतर्फ जाँदै गरेको रा१ख ३८५ नम्बरको हाइस पल्टीदा चालक १८ बर्षका सुमन नेपाली घाइते भएका हुन् ।

मौरीको टोकाईबाट दाङमा एक जना बिरामी

भिर मौरीको टोकाईबाट पश्चिम दाङमा एक जना बिरामी परेका छन् । जंगलमा घाँस काट्न गएका शान्तिगर गाउँपालिका–३ भलानेटी निबासी ३८ बर्षका पुर्णबहादुर परियारलाई भिर मौरीले टोक्दा बिरामी परेका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भइरहेको छ । परियारलाई बिहान सात बजो मौरीले शरिरका विभिन्न भागमा टोकेको थियो । ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य