थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ६४ महिला र ३५७ पुरुष छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ ।

कूल सङ्क्रमितमध्ये ८२० महिला र ८ हजार २०६ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ । हालसम्म ७५ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते