स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाई

काठमाडाै‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारहरुलाई प्रवेशमा कडाई गरेको छ । शनिवार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई कुनैपनि रोक नलगाइएको बताएका थिए । तर, आइतवार नियमित रीपोर्टिङमा गएका पत्रकारहरुलाई प्रवेश गर्न दिइएन ।

आफ्नो कार्यालयका पास देखाउँदा समेत माथिको आदेश भन्दै रोकिएको थियो । तर, अन्यलाई भने रोक लगाइएको थिएन । मन्त्री ढकालले हिजो शनिवार पत्रकारहरुसंगै झण्डै तिन घण्टा लामो छलफल गरेका थिए । सो अवसरमा मन्त्री ढकालले भनेका थिए, ‘मन्त्रालयमा पत्रकार साथीहरुलाई आउन नदिने कुनै योजना छैन । पास भएका साथीहरु सजिलैसंग आउन सक्नुहुन्छ । कुनै अवरोध गरीएको छैन ।’ तर, स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पटक पटक स्वास्थ्य मन्त्रालयले प्रवेशमा रोक लगाउँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुलाई रोक लगाएपनि अन्य सर्वसाधारणहरुलाई सहज रुपमा जान दिने गरीएको छ । सूचना संकलनमा मन्त्रालयले आफ्ठेरो अवस्था सृजना गरेको स्वास्थ्यमा कलम चलाउने पत्रकारहरुको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 953 times, 1 visits today)

epaper

ताजा समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट