अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व नै नराम्ररी प्रताडित बनेको छ । यसबाट पर्ने बहुआयामिक प्रभावका कारण आर्थिक, राजनीतिकलगायतका सबै क्षेत्र नराम्ररी प्रभावित हुँदै छन् । यसको नियन्त्रणका लागि हालसम्म कुनै खोप पत्ता लाग्न सकेको छैन । अनुमानका आधारमा इबोला, सार्स आदिमा प्रयोग भएका उपचार विधिमै निर्भर रहनुपर्ने अवस्था छ । विश्वकै शक्तिसम्पन्न देश संयुक्त राज्य अमेरिकामा संख्यात्मक हिसाबले सबैभन्दा बढी हालसम्म २.२१ मिलियन संक्रमित भई १ लाख १९ हजारभन्दा बढीले मृत्युवरण गरिसकेका छन् । यसैगरी स्पेन, इटालीलगायत सम्पन्न र विकसित देश नै ज्यादा प्रभावित भएको अवस्था छ । यसले प्रायः सबैतिर संक्रमण गरिरहेको छ । हालसम्म करिब १२ देशले कोरोना भाइरसको संक्रमण आफ्नो देशमा नदेखिएको दाबी गरिरहँदा प्रायः ती सबै देश अन्य संक्रमित देशबाट परिवेष्ठित भएकाले उनीहरूको दाबीलाई विश्वास गर्न कठिन हुनुका साथै उक्त देशमा पनि फैलिन सक्ने सम्भावना देखिन्छ । न्युजिल्यान्डले केही दिन पहिले ‘कोरोना फ्री’ भएको घोषणा गरिरहँदा उक्त देशमा पुनः संक्रमण हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न किनकि विश्व मानव समुदाय यस’bout पुरै अनविज्ञ देखिन्छ । यस हिसाबले यो भाइरसले चिकित्सा विज्ञानलाई ठूलो चुनौती साबित भएको छ ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोनाभाइरसले विश्वभर संक्रमण गरिरहेको छ । सुरुमा उपेक्षा र अस्वीकार गरेको चीनले यसलाई नियन्त्रण गर्न लामो समय लाग्यो । कठोर बन्दाबन्दीबाट मात्र संक्रमण नियन्त्रण हुनसकेको तर्क चीनले गरेको छ । कोरोनाको संक्रमणको सूचना दिने चिकित्सक ली वेन लियाङको सावधानीलाई बेवास्ता ग¥यो । लीले सामाजिक सञ्जालमा सार्सभन्दा भयानक महामारी फैलन सक्ने र यसबाट विश्वमा ठूलो धनजनको नोक्सानी पुग्ने, यसको शीघ्र सम्बोधनका लागि सम्बन्धित पक्ष लाग्नुपर्ने भन्दै महामारी फैलनुपूर्व नै सावधान गराएका थिए । तर, चीन सरकारले त्यसलाई नकारात्मक रूपमा लिन पुग्यो । यस घटनाबाट चीनलाई नै ठूलो नोक्सान पुगेको विश्वास चिनियाँमा छ । चीनको सरकारलाई पनि यसको ठूलो दबाब परिरहेको छ । यसपछि पनि वुहानमा संक्रमण देखिइसक्दा लामो समयसम्म यसलाई प्रचारमा ल्याउन ढिला गरियो । संक्रमण नियन्त्रणबाहिर पुगिसक्दा पनि चीनले आफ्ना नागरिकलाई अरू देशमा पठाउने गरिरह्यो भने व्यापारिक क्रियाकलाप यथावतै राख्यो । परिणामस्वरूप इटाली, स्पेन, अमेरिकालगायत संसारभरमै कोरोला फैलन गयो ।
धेरै नेपाली संक्रमित भई देशव्यापी अस्तव्यस्तता छाएमा स्थिति सरकारको नियन्त्रणभन्दा बाहिर जान सक्छ
इटालीमा एक संक्रमित चिनियाँ केटीले आफू संक्रमित भएको र उनलाई आलिंगन र चुम्बन नगर्न भनी सार्वजनिक स्थानमा बसेर अनुरोध गर्दा प्रायः युवा उनीसँग सबैले सम्पर्क गरे । यसबाट ठूलो संख्यामा संक्रमण देखिने नै भयो । यस्ता संक्रमितहरूलाई क्वारेन्टाइनमा राख्नेगरी आएकोमा संक्रमित सुरक्षित अथवा संक्रमण नदेखिएको सहरमा क्वारेन्टाइन छाडेर प्रवेश गर्दा उनीहरूमध्ये अधिकांशले ज्यान गुमाए । अरूलाई पनि संक्रमित बनाए । सरकारले त्यसलाई नियन्त्रण गर्ने उत्साह देखाएन । स्पेनले पनि संक्रमण हुन नदिन पर्याप्त सतर्कता नअपनाएकै कारण जनसंख्याको अनुपातमा विश्वमै सबैभन्दा बढी क्षतिको सामना यी दुई देशले गर्नुपरिरहेको स्थिति छ । संयुक्त राज्य अमेरिका आफ्नो स्रोतसाधन र प्रविधिमा विश्वास गर्दै यो चीनको समस्या हो, आफ्नो देशमा आइनपुग्ने र संक्रमण हुने अवस्थामा सहजै नियन्त्रण गर्ने अभिव्यक्तिका साथ यसलाई महŒव नदिई बस्दा सबैभन्दा बढी अमेरिकीले ज्यान गुमाउन पुगेका छन् ।
स्रोतसाधनले पछि परेका हामी नेपालीमा सीप, प्रविधि र प्रतिस्पर्धी क्षमताको कमी छ । छिमेकी देश चीनमा संक्रमण देखिँदा हामीले यसलाई महŒव दिएनौं । खुला सिमाना भएको देश भारतमा ठूलो संख्यामा संक्रमित देखिँदै गर्दा हामीले कुनै प्रभावकारी सतर्कता अपनाएनौं । आफ्नै देशमा संक्रमण भित्रन थालेपछि स्वाब परीक्षणसम्म पनि देशभित्र गर्न सक्ने अवस्था रहेन । निकै पछि परीक्षण सामग्री ल्याउन लाग्दा पनि ठूलो मात्रामा भ्रष्टाचारमा सरकार स्वयं संलग्न भएको तथ्य सार्वजनिक हुँदा राष्ट्रकै बेइज्जत हुन गयो । सिमानाबाट स्वदेश प्रवेश गर्ने मानिसलाई नियन्त्रण गर्न सकिएन । राजधानीका सीमित नाकासमेत नियन्त्रणमा रहेनन् । उता नगन्य संख्यामा मानिसको परीक्षण गर्दै गर्दा ८ हजारभन्दा बढी संक्रमित भइसकेको र २० भन्दा बढीले मृत्युवरण गरिसकेका छन् । हाम्रो परीक्षणको गति र संक्रमितको संख्या अध्ययन गर्दा ठूलो संख्यामा धनजनको क्षतिको सामना गर्नुपर्ने देखिन्छ । राजधानी सहरमै कीर्तिपुरमा एक मजदुरले आफ्नो जीवन धान्ने अमूल्य सम्पत्ति भारी बोक्ने नाम्लो छातीमा राखेर भोकभोकै मृत्युवरण गर्न पुगे ।
अकस्मात लकडाउन प्रारम्भ भएपछि मानिसहरू आफ्नो गन्तव्यमा पुग्न नसकी अलपत्र परे । सरकार बेखबर रह्यो । उनीहरूसँग बाँच्नका लागि कुनै आधार छ÷छैन, बेखर्ची भई भौतिक अस्तित्व नै समाप्त पो हुने हो कि ? यस’bout सरकारले चासो र चिन्ता लिई उनीहरूको व्यवस्थापन गर्न सकेको छैन । विगत तीन महिनादेखि रोजगारी गुमाएर सम्बन्धित सरकारले उनीहरूको देश शीघ्र छाड्न दिएको आदेशका बाबजुद उनीहरूको उद्धार गर्न खासै चासो नदेखाई सामान्य संख्याका केही नेपालीलाई मात्र देश भिœयाएको छ । उनीहरू नेपाल प्रवेश गरेमा संक्रमण फैलिने सन्त्रासबाट सरकार त्रसित्त छ । उनीहरूलाई स्वदेशभित्र ल्याई उचित व्यवस्थापन गर्नुपर्नेमा विदेशी भूमिमा दुःख र कष्ट भोग्न बाध्य परिराखेको अवस्था छ । यद्यपि नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरूको देशले विशेष विमान पठाई स्वदेशतर्फ लगेको दृश्य सरकारले हेरिरहेको मात्र होइन, सहयोगसमेत गरेको छ । तर, विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार आवश्यकताभन्दा ज्यादा उदासीन बनेको छ । अलपत्र नेपाली नागरिकलाई स्वदेशमा व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्व हुन्छ । ती नागरिकको स्वदेश फर्कन पाउने अधिकार हो । यसमा क्रियाशीलता नदेखाई सरकाले ठूलो लापर्बाही गरिराखेको अवस्था छ । यसको जवाफदेहिता सरकारले लिनै पर्दछ । तर, अहिलेसम्मको अवस्था अध्ययन गर्दा सरकार यो जवाफदेहिताबाट पछि हटेको आभास मिलेको छ ।
क्वारेन्टाइनका नाममा भैंसीगोठदेखि तारे होटेलसम्म राखिएका संक्रमितले अव्यवस्थाका कारण विचित्रको समस्या झेलिरहेका छन्
अहिले भंैसीगोठदेखि तारे होटेलसम्म राखिएका संक्रमितको विचित्र अवस्था छ । यो क्वारेन्टाइन वास्तवमा ग्याँस च्याम्बर हो या यातना गृह अथवा अव्यवस्थित कारागार सोच्न कठिन भएको छ । संक्रमितलाई यसरी राख्ने सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका व्यवस्थापनका ’boutमा सरकारले जानकारी लिनु जरुरी छ । हाम्रा क्वारेन्टाइन स्वस्थ मानिसलाई संक्रमित गराउने स्थानका रूपमा देखिएका छन् । यस सम्बन्धमा कान्तिपुर दैनिकमा सुदूरपश्चिममा मजदुरका रूपमा कार्यरतको दयनीय अवस्था र एकजना मजदुरको दर्दनाक मृत्यु भएको समाचारले सबैलाई संवेदित बनाएको छ ।
जसमा भोकप्यासै झन्डै साढे तीन दिनको पैदल यात्रा र एक दिनको गाडी यात्रापछि राति नौबजे अत्तरिया आइपुगेका मानिसलाई स्थानीय प्रशासनले तीन घन्टा कुराएर बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पु¥यायो । लगातार तीन दिनको हिँडाइ, थकान र भोकले निकै कमजोर भइसकेका एक जनाले स्वास्थ्य जाँच र खानाको प्रबन्ध नहुँदा छोराको हातबाट एक घुट्को पानी पिएर मृत्यवरण गरे । अभाव, गरिबी र भोकले मृत्यु भएपछि उनका तीन छोराले संस्कार धान्न ऋण काढेर किरिया कर्म सुरु गरे । मृत्युको १०औं दिनमा उनीहरूको घरमा छिमेकी र नातेदार आएका थिए । स्थानीय साहुबाट सयकडा ५ को ब्याजदरमा ५० हजार कर्जा लिएर आफूहरूले १०औं दिनको भोज खुवाएको जेठा छोरो शालिकरामले बताए ।
केही दिन पहिले धनुषा जिल्लाको सिमाना क्षेत्रमा आइपुगेका आफ्ना बिरामी पिताजी जो एक भारतीय मजदुर थिए, उनलाई लिएर आउन एम्बुलेन्ससहित बेलुका उनका छोरा सिमानामा पुगे । सुरक्षाकर्मीले उनलाई आफ्ना बिरामी पिताजीसम्म पुगी भेट गर्नसम्म दिएनन् । अलपत्र परेका बिरामी मजदुरलाई नेपाल प्रवेशमा पनि रोक लगायो । राति उनले कमजोरी र खानाको अभावका कारण प्राण त्याग गरे । पिताजीको उपचारका लागि ऋण लिएर सिमानामा पुगेका छोरा लास लिएर फर्किए । यस कारुणिक अवस्थाले सरकारमा रहनेलाई जिम्मेवार बनाएको पाइएन । यो सरकारमा रहनेको मानवीय, संवेदना समाप्त भएको जबर्जस्त प्रमाण हो । यस्ता घटना देशका विभिन्न भागमा घटिराखेको अवस्था छ । दुई महिनाको अवधिमा १ हजार १ सय २ जनाले आत्महत्या गर्न विवश हुनु यस अवस्थाको उपस्थिति भइराखेको स्मरण गर्नका लागि पर्याप्त छ ।
स्तम्भकार असार १ गते बेलुका घुमफिर गर्दैगर्दा नारायण गोपाल चोकनजिक चप्पल कारखाना क्षेत्रमा अवस्थित कुण्डलिनी पार्टी प्यालेसको बाहिरपट्टि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले मेरो ध्यान आकर्षित भयो । कुनै ठूलै अपराधको घटना घटेको अनुमान गरे । मलाई त्यही बाटो भएर जानु नै थियो । नजिक पुग्दा एउटा टुरिस्ट बसबाट नेपाली युवा निक्लिराखेको देखे । क्वारेन्टाइन त्यही पार्टी प्यालेसलाई कायम गरिएको रहेछ । उनीहरूको मलिन अनुहार निक्कै टिठ लाग्दो थियोे, अनायास मेरा पाइला अघि बढेन । सुरक्षाकर्मीको आदेश भयो तुरुन्त म अघि बढ्नुपर्ने ती नेपालीप्रति भएको सुरक्षाकर्मीको व्यवहार उपयुक्त लागेन । प्रहरीलाई डाकेर आफ्नै दाजुभाइ हुन् । शिष्ट व्यवहार गर्दा राम्रो हुन्छ भनेर सम्झाएँ । त्यही समयमा एक युवाले हामी विदेशमा त अपराधीसरह नै थियौं । अब आफ्नै देशमा कति यातना पाइने हो ? भन्ने प्रतिक्रिया दिए । प्रहरी मसँग भन्दै थिए, १७ हजार नेपालीका हत्या गर्नेलाई स्यालुट गरेर बस्नुपरेको छ । यस्तो देशमा के न्याय र अन्यायका कुरा गर्नु भनेर मलाई हजुर गइदिनुस् भनेर अनुरोध गरे । यसबाट हाम्रा शासनमा रहनेले उनीहरूप्रति जनस्तरमा कुन स्तरको असन्तुष्टि रहेछ ? आँकलन गर्न पर्याप्त हुने देखिन्छ । अन्त्यमा लम्कीस्थित संक्रमितलाई राखिएको स्थानमा रातको समयमा एक नारीमाथि भएको सामूहिक बलात्कारको घटनाले पनि सरकारलाई आफ्नो व्यवस्थापनका ’boutमा सोच्न पर्याप्त हुने देख्दछु । यस अवस्थामा सरकारको आदेशको पालाना गर्दै अघि बढेका नेपाली नागरिकको धैर्यले सीमा नाघ्दै गएको छ । यसको परिणामको रूपमा नरैनापुरको संक्रमित जनतालाई सरकारले लाठी चार्ज गर्नुपरेको छ ।
यी सबै परिवेशलाई गम्भीरतापूर्वक लिई आफ्ना नागरिकको जीवनरक्षाका लागि उपयुक्त व्यवस्थापन गर्न सरकार लागिपर्नुपर्दछ अन्यथा भोलिका दिनमा धेरै नेपाली संक्रमित भई अस्तव्यस्तताको अवस्था आउन सक्दछ । त्यस समय सरकारको नियन्त्रणभन्दा बाहिर परिस्थिति पुग्न सक्दछ । त्यसैले, सरकारले जवाफदेहिता वहन गर्दै पर्याप्त र उपयुक्त व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।






