चेल्सीको पुनरागमन

लन्डन । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई २–१ को जित निकाल्दै शीर्ष चारमा थप पकड बनाएको छ । बर्मिंघममा आइतबार राति भएको खेलमा चेल्सीका लागि क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गोल गरेका थिए । चेल्सीले खेलको ४३औं मिनेटमा गोल खान पुगेको थियो । सुरुवातदेखि नै एस्टन भिल्लालाई दबाबमा राखेको भए पनि एस्टन भिल्लाले अग्रता लिएको थियो । फ्रिकिकमा डगलस लुइजको चलाखीपूर्ण चिप क्रसलाई कोर्टनेले सहजै गोल गरेका थिए । यसरी, चेल्सी पहिलो होलमा १–० ले पछि प-यो ।

घरेलु टोलीमाथि दोस्रो हाफमा आक्रमक बनेको चेल्सीले खेलको ६०औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि कप्तान सिजर एप्लिक्वेटाको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै खेललाई १–१ को बराबरी अवस्थामा ल्याएका थिए ।

त्यसको दुई मिनेटपछि कप्तान सिजरकै पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । जुन निर्णायक स्कोर हुन पुग्यो । सिजरको पासमा जिरुडले १२ यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक ओर्जन नेल्यान्डलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यसरी चेल्सीले ३ अंक बटुल्यो ।

जितसँगै चौथो स्थानमा रहेको चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दूरी छोट्याउँदै पाँचांै स्थानको म्यानचेस्टर युनाइटेडलाई ५ अंकले पछि पा-यो । उसले च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३० खेलबाट ५१ तथा युनाइटेडको ४६ अंक रहेको छ । लेस्टरको ५४ अंक छ । पराजित भिल्लालाई रेलिगेसन दबाब बढेको छ । भिल्ला २६ अंक जोडेर १९औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध