लन्डन । ब्राजिलियन डिफेन्डर डेविड लुइजले आर्सनलसँगको सम्झौता नवीकरण गरेका छन् । गत सिजन चेल्सीबाट आएको लुइजस इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलको बसाइ एक वर्ष लम्बाएका हुन् । उनीसँग डिफेन्डर पाब्लो मारी र सेड्रिड सोआरेसलाई पनि स्थायी रूपमा अनुबन्ध गरिएको छ ।
मारी ब्राजिलियन क्लब फ्लामेंगो तथा सोआरेस इंग्लिस क्लब साउथहाम्प्टनबाट लोनमा आर्सनल आएका थिए । मिडफिल्डर ड्यानी सेबालोसले पनि सिजनको अन्त्यसम्मको आर्सनल बसाइ लम्बाए । उनी रियर म्याड्रिडबाट लोनमा आएका हुन् ।
लुइजसँगै र अन्य खेलाडी आर्सनलको दीर्घकालीन योजनाको महत्वपूर्ण पाटो हेको क्लबका प्राविधिक निर्देशक एडुले बताए । लुइज आर्सनलका महत्वपूर्ण खेलाडीमध्येका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)






