कोरोना राहत, उद्धार र पुनस्र्थापनामा खर्च भएको हिसाब दिन मान्दैन इटहरी उपमहानगर

इटहरी । इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको असरमा परेका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना शीर्षकमा ४ करोड ३३ लाख खर्च गरेको छ । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेलका अनुसार उपमहानगरपालिकाले कोरोना राहत, उद्धार तथा पुनस्र्थापना शीर्षकमा ४ करोड ३३ लाख ९१ हजार ९०९ रुपैयाँ खर्च गरेको छ ।

नगरपालिका श्रोतले ४ करोड ३६ लाख ५६ हजार २८० रुपैयाँ बजेट बिनियोजन गरेको थियो भने हालसम्म राहत संकलन श्रेस्ताअनुसार ६२ लाख १३ हजार ९८९ रुपैयाँ संकलन भएको छ । जम्मा राहत, उद्धार र पुनस्र्थापना शीर्षकमा ४ करोड ९८ लाख ७० हजार २६९ रुपैयाँ बजेट रहेको थियो । जसमध्ये ४ करोड ३३ लाख ९१ हजार खर्च भएको लेखा अधिकृत पोखरेलले जानकारी दिए ।

खर्च कुन–कुन शीर्षकमा कति–कति भयो भन्ने बिषयमा सूचना मागेपनि उपमहानगरपालिकाले दिन सकेको छैन । राजधानीले यस बिषयमा करीब दश दिन लगाएर सूचना लिन प्रयास गरेपनि क्वारेन्टिन, राहत, उद्धार तथा पुनस्र्थापनामा कति खर्च भयो भन्ने हिसाब उपमहानगरपालिकाले दिन सकेको छैन । खर्च भएको जम्मा रकम दिएपनि खर्चको शीर्षक दिन नसक्नुप्रति उपमहानगरको गम्भीर त्रुटि भएको अनुमान लगाउँन सकिन्छ । नेपाल बैँक लिमिटेड इटहरी शाखाको खाता नम्बर ०५९०३००००००००५००४००२ र ०५९०३०००००७००२०००००१ मा सहयोगीहरुले रकम जम्मा गरेको देखिन्छ । तर, उपमहानगरपालिकाले के–के शीर्षकमा खर्च गरेको भन्ने बिषयमा कुनै पनि हिसाब उपमहानगरपालिकाले दिन नसक्नु गम्भीर त्रुटी भएको अनुमान गर्न सकिन्छ । उपमहानगरपालिकाले गरेको खर्चको स्टटमेन्ट उपलब्ध गराएको भएपनि उक्त स्टेटमेन्टमा कुन शीषर्कमा कति खर्च भएको भन्ने खुलेको छैन ।

इटहरी उपमहानगरपालिका भित्र रहेका २९ हजार ४ सय १५ विपन्न परिवारलाई राहत वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ । तर, अहिलेसम्म उपमहानगरपालिकाले कुन–कुन शीर्षकमा कति बजेट छुट्याएको भन्ने’boutमा जानकारी दिन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी