डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एकै दिन २ सय १९ जनामा कोरोना पुष्टि भएपछि जम्मा संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुुसार शुक्रबार डोटीमा ७१ जना, कैलालीमा ३८ जना,बाजुरा र बैतडीमा २७/२७ जना, बझाङमा ९ जना, दार्चुलामा ३ जना र अछाम जिल्लामा १ जनामा कोरोना पुुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धनगढी र चितवन प्रयोगशालमा भएको परिक्षणमा आज सुदूरपश्चिम प्रदेशका २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा अछामका १ पुरुष, बैतडीका ५ महिला र २० पुरुष गरी २५ जना, बझाङका ३ महिला र ६ पुरुष गरी ९ जना, बाजुराका १० महिला र १७ पुरुष गरी २७ जना, दार्चुलाका ३ पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना,कैलालीका ८ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका ८ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । यस्तै चितवनमा भएको परीक्षणमा कैलालीका १ पुरुष रहेका छन् ।
प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डोटीका २५ जना, कैलालीको चुरे गाउपालिकाका ५ जना, भजनीका २ जना गरि ७ जना, बैतडी पञ्चेश्वरका २ जना र कञ्चनपुरको भीमदत नगरपालिकाका १ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
शुक्रबार संक्रमण देखिएका २ सय १९ जनासंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८६ जना कोराना संक्रमित पुगेको छन । सबैभन्दा बढी कैलालीमा ५ सय ४९ जना, कञ्चनपुरमा २ सय ९७ जना, डोटीमा २ सय ८० जना, डडेल्धुरामा २ सय १७ जना, बैतडीमा १ सय ९० जना, अछाममा १ सय २६ जना, बाजुरामा १ सय ३५ जना, बझाङमा ७१ जना र दार्चुलामा १६ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ५ जनाको मृत्यु भएको छ भने २ सय ४४ जना कोरोना जितेर घर फर्किएका छन् ।






