Wednesday, August 12, 2020
Home प्रदेश राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्री ओलीको आह्वान

राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्री ओलीको आह्वान

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको आज यहाँ आयोजित दीक्षान्त समारोहमा उनले हरेक युवाले कुशल नेतृत्वका लागि क्षमता विकास, नैतिक आचरण र अनुशासनको परिपालनमा रही समाज र राष्ट्रप्रतिको कर्तव्यमा ध्यान केन्द्रित गर्न आवश्यक छ भने ।

प्रधानमन्त्री ओलीले भने, ‘तालिमबाट एकअर्काको भावना, संस्कृति, परम्परा र इतिहास बुझ्ने अवसर प्राप्त भएको छ, अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकताका कार्यक्रम हुन् । युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध छ ।’

राष्ट्रको गौरवको रूपमा रहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई अनुशासित भई शिरोपर गर्नसक्ने युवाको राष्ट्रलाई सधैँ खाँचो रहने बताउदै उनले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकार दृढताका साथ क्रियाशील छ, युवाबाट यो सङ्कल्प र साझा आकाङ्क्षा पूरा गर्न आ–आफनो स्थानबाट सक्रिय र सिर्जनशील ढङ्गले योगदान होस् । युवाले चाहेको खण्डमा जस्तासुकै चुनौतीको सहजै सामना गरेर अघि बढन सक्छन् ।’

मुलुकमा उपलब्ध प्राकृतिक सम्पदा तथा दक्ष र सबल जनशक्तिको सही सदुपयोगबाट मात्र राष्ट्र निर्माण हुनसक्छ भन्दै उनले त्यसका लागि सरकारले आफ्ना कामलाई योजनाबद्ध ढङ्गले अघि बढाइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त युवाबाट घर परिवारले मात्र होइन, समाज र राष्ट्रले पनि सपना र आशा रहेको बताए ।

मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो । यस आर्थिक वर्षमा मात्रै ७६ जिल्लाका २१३ विद्यालयका सात हजार ७०० विद्यार्थी सेवा दलको तालिममा सहभागी भएका थिए । पन्ध्रौँ समूहको तालिममा सहभागी ५०९ मध्ये २६१ छात्रा र २४८ छात्र रहेको बताइएको छ ।

सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमबाट युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका अरु निकायप्रति सम्मान गर्ने संस्कारयुक्त असल र योग्य नागरिक पाउने विश्वास राखिएको छ ।

युवाको व्यक्तित्वको विकास गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको उक्त सेवा दलको ‘अनुशासन नै राष्ट्रसेवाको मूल जग हो’ भन्ने आदर्श वाक्य रहेको छ ।

सेवा दलका निमित्त महानिर्देशक सहायकरथी कृष्णमुरारी न्यौपानेले युवा शक्ति राष्ट्र विकासका संवाहक हुन् भन्ने हेतुले सञ्चालन भइरहेको तालिममा विद्यार्थीको आकर्षण बढिरहेको जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलले उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रालाई दज्र्यानी चिह्न प्रदान गरे । समारोहमा विभिन्न विद्यालयका प्राचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सेवा दलका छात्रछात्राले खुकुरी ड्रिल र तेक्वान्दो प्रस्तुत गरेका थिए ।

(Visited 79 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

दाहसंस्कार भएको छ दिनपछि कोरोना पोजेटिभ रिपाेर्ट

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको बुबाको साउन २२ गते राजधानीको मनमोहन कारडियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट...

प्रहरी हिरासतको शौचालयमा घाँटी रेटिएको अवस्थामा चन्द मृत भेटिए

धनगढी । कैलालीमा प्रहरी हिरासतको शौचालयमा एक जना घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो पौने एकबजेतिर प्रहरी हिरासतमा रहेका धनगढी...

सप्तरीमा थप ३३ जनामा कोरोना पुष्टि, चिकित्सकदेखि बालकसम्म संक्रमित

राजविराज । दैनिक कोरोना संक्रमित फेला पर्दै गएको सप्तरीमा बुधबार एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन जिल्लामा यति ठूलो...

धादिङका ३२ वर्षिय युवाको कोरोनाबाट मृत्यु भएपछि धादिङमा निषेधाज्ञा

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका...

भर्खरै

काठमाडौंमा मास्क नलगाई हिड्ने ६० जनालाई कार्वाही

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्लाका विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा सुरक्षा विधि अनुसार काम गरे नगरेको बारेमा बुधबार पनि अनुगमन गरि कारवाही गरेको छ...

७७ जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र...

दाहसंस्कार भएको छ दिनपछि कोरोना पोजेटिभ रिपाेर्ट

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको बुबाको साउन २२ गते राजधानीको मनमोहन कारडियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट...

कार्बुरेटर खाँदा बालकको मृत्यु

पोखरा । मुस्ताङमा एक बालकले कार्बुरेटर खाँदा ज्यान गुमाएका छन् । धनुषा वतेश्वर गाउँपालिका वडा १ घर भइ हाल मुस्ताङ घरपझोङ गाउँपालिका ३, जोमसोमस्थित त्रिशूला...

धेरै पढिएका

२ महिने शिशुसहित दुई दिनमा ६२ संक्रमित कोरोना जितेर डिस्चार्ज

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालबाट कोरोना जितेर आइतबार राती पौने ११ बजे १८ जना डिस्चार्ज भएका छन् । योसँगै पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट अहिलेसम्म...

स्वाव संकलन बुथ हस्तान्तरण

काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशले पश्चिमाञ्चल स्वस्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताललाई कोरोना भाइरस स्वाब कलेक्सन बुथ उपलब्ध गराएको...

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण...

सिरहामा एकै वडाका ८ जनामा देखियो कोरोना संक्रमण

सिरहा । सिरहा जिल्लामा एकै वडाका ८ जनामा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सुखीपुर नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा...

ई-पेपर

(Visited 46 times, 1 visits today)