सिंचाइ र कृषि जनशक्ति नहुँदा बागलुङमा १४ हजार हेक्टर जमिन बाँझो

बागलुङ । बागलुङमा कुल खेती योग्य जमिन मध्ये १४ हजार ६ ५५ हेक्टर जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय ६६ हेक्टर जमिन मध्य ४६ हजार १ सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने भएता पनि अहिले ३० हजार ५ सय ३ हेक्टर जमिनमा मात्र खाद्यन्न उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । कृषि प्रसार अधिकृत विश्वास काफ्लेका अनुसार जिल्लामा एक हजार २० हेक्टर जमिन प्लटिङ्ग, ९ हजार ९८० खोला तथा चट्टान र ९८ हजार ४६ हेक्टर जमिनको क्षेत्रफल वन जंगलले ढाकेकोको छ ।

कृषि उत्पादन क्षेत्रमा सिंचाई अभाव, बसाइँ सराई तथा युवाहरु विदेश प्लायन हुँदा कृषि जनशक्तिको अभावले जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । कृषि प्रसार अधिकृत काफ्लेका अनुसार युवाहरु बैदेशिक रोजगारीमा जाने र कृषी क्षेत्रमा ज्येष्ठ नागरिक खटिनु पर्ने बाध्यताले खाद्यन्न उत्पादनमा कमी आएको हो ।

युवाहरु रोजगारीको शिलशिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरु पनि शहर पस्ने चलन बढ्दो रहेको उल्लेख गर्दै कृषि प्रसार अधिकृत काफ्ले युवाहरु विदेश जाँदा गाउँमा रहेका जेष्ठ नागरिकहरुले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको बताए । जिल्लामा खाद्यन्न उत्पादन कमी हुनुमा जमिन बाँझो मात्र नभएर सिचाँईको कमी पनि रहेको छ । अहिले बागलुङमा उत्पादन दिने जमिनमध्ये ५ हजार ९७४ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुगेको छ भने २४ हजार ५२९ हेक्टर जमिनमा सिंचाई पुग्न सकेको छैन ।

बागलुङ पहाडी जिल्ला भएको र खाद्यन्न उत्पादन जमिन डाँडामा रहेको र सिंचाइको लागि पानी तल हुने गरेका कारण सिंचाइ नपुगेको काफ्लेको भनाई छ । सिंचाइको लागि खोलाको पानी खाद्यन्न उत्पादित हुने जमिनसम्म पु¥याउनको लागि स्रोत साधनको कमी रहेको जानकारी दिँदै उनले स्रोत साधन नहुनाले नै प्राप्त मात्रमा सिंचाइ गर्न नसकिएको बताए । मुलुक संघीयतामा गएपछि कृषि सेवा केन्द्र खारेज भएपछि स्थानीय तहबाट बाँझो जमिनको तथ्याङक अद्यावधीमा समस्या भएको छ । जिल्लामा बाँझो जमिन अझै थप हुन सक्ने काफ्लेको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 658 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान