थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २४५ पुरुष र ७१ महिला गरी कूल ३१६ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये एक हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष रहेका छन् । त्यस्तै कोरोना निको हुनेको सङ्ख्या ३ हजार १९४ रहेको मन्त्रालयले जनाएको छ । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ