Tuesday, December 1, 2020
Home Editor-Picks भोकले मरियो उद्धार गर भन्दै हजारौं ट्याक्सी व्यवसायी सडकमा

भोकले मरियो उद्धार गर भन्दै हजारौं ट्याक्सी व्यवसायी सडकमा

काठमाडौं । सरकारले लकडाउन केही खुकुलो बनाउँदै निजी प्लेटका सवारीसाधनलाई तीन चार जना राखेर हिँड्न दिए पनि ट्याक्सी चलाएरै बिहान–बेलुकीको जोहो गर्ने ट्याक्सी व्यवसायीलाई भने मानिस राखेर हिँड्न रोक लगाएपछि हजारौं ट्याक्सी व्यवसायी एकैपटक आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार उनीहरूले राजधानीका सडकमा एकैपटक तीन सय ट्याक्सी तेस्र्याउँदै भने, ‘रोगभन्दा भोकले मर्ने अवस्था आयो, काम गरेर खान देऊ सरकार ।’

ट्याक्सी लिएर सडक संघर्षमा उत्रिएका उनीहरूले बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आएको भन्दै अब बिहान–बेलुकी खान धौ धौ पर्ने स्थिति आएको बताए । उनीहरूले रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार भन्दै थप गुनासो पोखे ।

प्रदर्शनीमा सहभागी अधिकांशले ट्याक्सी अन्य सार्वजनिक सवारी साधनको तुलनामा निकै सुरक्षित हुने दाबी गरे । उनीहरूले यसमा अन्य सवारीसाधनमा जस्तो धेरै मानिसहरू चढ्न नमिल्ने, एउटै परिवारका मात्र चढ्ने, बीचमा कतै नरोकी गन्तव्यमा सिधै पु-याउने भएकाले कोरोना फैलिने जोखिम एकदमै न्यून हुने दाबी गरेका छन् । उनीहरूले आपूmहरूले सुरक्षाका सबै विधि अपनाएर ट्याक्सी चलाउने प्रतिबद्धता जनाए पनि सरकारले अनुमति नदिएको भन्दै आक्रोश पोखे । ट्याक्सी व्यवसायीले अब जोर–बिजोर प्रणालीका आधारमा भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

–  भन्छन्– भोकले मर्न लाग्यौं, उद्धार गर !
– २० हजार ट्याक्सी चालक र आश्रित परिवारको बेहाल

यसअघि धेरैपटक लामो समयदेखि जारी लकडाउनका कारण आपूmहरूले भोग्नुपरेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गरे ।

ट्याक्सी चालक एवं व्यवसायीले सरकारलाई थप दबाब दिन विभागअघि ट्याक्सीको बाक्लो भीड प्रदर्शन गर्दै विरोध जनाएका हुन् । त्यहाँ अखिल नेपाल ट्याक्सी मजदुर संघ र उपत्यका ट्याक्सी स्वरोजगार संघले सयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि नै ट्याक्सी व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालसँग भेट गरी एक सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाएका थिए । विभागका महानिर्देशक हमालले सरकारले गरेको निर्णयविपरीत आपूmहरूले केहि गर्न नसक्ने बताए । नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका अध्यक्ष जगन्नाथ गौतमले हालसम्म ज्ञापनपत्रको कुनै सुनुवाइ नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले गत १ असारबाट लकडाउन केही खुकुलो भएसँगै ट्याक्सी सञ्चालन गर्न दिनुपर्ने माग राख्दा कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको जनाए ।

हाल निजी सवारीसाधन र मोटरसाइकल जोर–बिजोर प्रणालीमा चल्न दिँदा ट्याक्सीचाहिँ किन चल्न नदिएको बुझ्न सकिएन भन्ने प्रतिप्रश्न गर्दै गौतमले भने, ‘बिरामी ओसार्नका लागि एम्बुलेन्ससरह प्रयोग हुने ट्याक्सी निजी सवारी साधनभन्दा पहिले सञ्चालन हुन दिनुपर्नेमा अझै चल्न नदिनु सरकारको कमजोरी हो ।’ उनले सरकारको यस्तो कार्यले अहिले विभिन्न रोगले थलिएका बिरामी एवं आफ्नो निजी सवारी नभएका धेरैले निकै पीडा भोग्नुपरेको बताए । ट्याक्सी व्यवसायी र मजदुरलाई मात्र नभएर आम सर्वसाधारणले पनि निकै कष्ट भोग्नुपरिरहेको उनको दाबी छ ।

ट्याक्सी व्यवसायी श्रीकृष्ण श्रेष्ठले पनि कोरोना भाइरस संक्रमण फैलिनबाट बच्ने उपायका लागि सक्दो प्रयास गरी आफ्नो व्यवसाय सञ्चालन गर्न खोज्दा सरकारबाटै अवरोध भएकाले अब आपूmहरू बाँच्न नसक्ने अवस्थामा पुगेको बताए । उनले यति धेरै समयसम्म ट्याक्सी ग्यारेजमा थन्क्याएर राख्नुपर्दा अहिले बैंक तथा फाइनान्सबाट लिएको ऋणको किस्ता बुझाउन र दैनिक घरखर्च चलाउन पनि निकै कठिन भइरहेको बताए ।

ट्याक्सीसहित आन्दोलनमा सहभागी गौतम र श्रेष्ठ त प्रतिनिधि पात्र मात्र हुन् । अहिले मुलुकभरका सम्पूर्ण भाडाका यातायात व्यवसायी र मजदुरको समस्या उस्तै छ । ट्याक्सी लिएर सडक संघर्षमा उत्रिएकाहरूले ‘बैंक तथा फाइनान्सले गाडी खोस्ने अवस्था आयो सरकार † राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर्न देऊ, रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार काम गरिखानदेऊ, रातो प्लेटको निजी सवारीमा कोरोना नसर्ने, कालो प्लेटमा मात्र सर्ने यो कस्तो रोग हो सरकार ? लेखिएका प्लेकार्ड ट्याक्सीमा टाँसेर र हातमा बोकेर विरोध जनाएका थिए ।

यो पनि पढ्नुहोस   अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

उनीहरूले लकडाउनमा सरकारद्वारा आफूहरूलाई कुनै राहत नदिएको भन्दै गुनासो गरे । कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरू निकै मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो समयको लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि मुस्किल भएको उनीहरूको भनाइ छ । सरकारले ट्याक्सी व्यवसायीको पक्षमा कुनै कदम नचाले अब ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने तयारीमा आपूmहरू रहेको उनीहरूले बताए ।

यस्तै, अवस्था रहेमा केही व्यवसायी त आत्महत्या गर्ने अवस्थामा पुगिसकेको उनीहरूको दुखेसो छ । अब रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थिति आइसक्यो भन्दै उनीहरूले दिनभर कमाएर बेलुका बाँच्नुपर्ने मान्छेलाई राज्यले अलिकति पनि सहयोग नगर्नु राम्रो नभएको बताइरहेका छन । सरकारले ट्याक्सी सञ्चालनको वातावरण नबनाइदिए गाडी, घर, जग्गा सबै बैंकले लिलाम गर्ने अवस्था भइसक्यो भन्दै उनीहरूले यस्तो अवस्थामा रोगले मरिन्छ भन्दा पनि भोकले मर्ने चिन्ताले आपूmहरू सडकमा निस्कनुपरेको बाध्यता सुनाए ।

केही समयअघि ट्याक्सी चालकलाई परिचयपत्र वितरण गर्दा देशका विभिन्न सहरमा करिब २० हजार ट्याक्सी चालक रहेको पाइएको नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका अध्यक्ष गौतमले जानकारी गराए । ती २० हजार ट्याक्सी चालकको कमाइमा आश्रित प्रतिपरिवार पाँच जनाका दरले हिसाब गर्दा पनि न्यूनतम एक लाख जनाले भोकै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सो संघका अनुसार काठमाडांै उपत्यकामा मात्रै हाल ११ हजार भाडाका ट्याक्सी रहेका छन् । यी सबैले अत्यावश्यक अवस्थाका विरामी र समस्यामा परेका यात्रुलाई सुरक्षित रूपमा विभिन्न गन्तव्यमा पु¥याउने गरेका छन् ।

मंगलबार लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका करिब तीन सय ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा निस्किएका ट्याक्सीलाई काठमाडौंका विभिन्न ठाउँठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरूलाई केशरमहल, लैनचौर, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगन्ज, गोंगबु, बानेश्वरलगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले करिब ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको बताए । उनले प्रदर्शनमा सहभागी भएको भन्दा पनि सरकारको नियम उल्लंघन गरेकाले नियन्त्रणमा लिइएको बताए । ती ट्याक्सीहरू साँझ छाडिएको थियो ।

ट्याक्सी व्यवसायी दीपक केसी र श्रीकृष्ण श्रेष्ठले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई ठाउँठाउँबाट नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको आरोप लगाएका छन् । सरकारले आगामी ७ साउनसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । गत १ असारदेखि लकडाउन केही खुकुलो गरेको सरकारले दैनिक जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको जनाएको छ । भाडाका सवारी साधनहरू सञ्चालन गर्न नदिएको सरकारले हवाई उडान पनि आगामी ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

साताका लोकप्रिय समाचार

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः चिनियाँ रक्षामन्त्री

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त...

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

काठमाडौँ । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

ट्रेन्डिङ

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख...

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

काठमाडौँ । एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न...

भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता...

नीति तथा कार्यक्रम : एक चर्चा

जेठ महिनाको पहिला साता केही महत्वपूर्ण घटना भए । एउटा हो, संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस हुनु र अर्को हो, तत्कालीन एमाले र...

नेपालमा व्यवस्थापन परीक्षण

नेपालमा सरकारी लेखाहरूको उपयुक्त ढंगले राखी निर्धारित कानुनी प्रावधानअनुसार खर्च भएको वा नभएको अन्तिम लेखापरीक्षण गर्ने विषयमा महालेखापरीक्षक र कर्मचारी प्रशासनका विविधपक्ष...

लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक

सप्तरी, राजविराज । लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् । जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

सिरहा । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा।दिनेश सापकोटाका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

भर्खरै

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

धेरै पढिएका

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

कैलालीमा मापदण्डविपरित क्रसर उद्योग सञ्चालन

कैलाली । कैलालीमा अधिकांस क्रसर उद्योगहरू मापदण्ड पुरा नगरिकनै सञ्चालन गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा रहेका क्रसर उद्योगहरूले सरकारले परिमार्जन...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

(Visited 90 times, 1 visits today)