काठमाडौं । गीत लेखेरै विश्वरेकर्ड बनाएका गीतकार डा. डीआर उपाध्यायको यतिबेला नयाँ गीत ‘म केही भन्छु….’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्बम ‘अनुभूतिको मझेरी’मा समाविष्ट छ ।
यो गीतमा उनले बाबु–छोरीको स्नेह र मायालाई प्रस्तुत गरेका छन् । ‘छोरीका लागि बाबाको कत्तव्य के हो र बाबाप्रति छोरीको जिम्मवारीका कुरालाई गीतमार्फत सबैले आफ्नो जिम्मेवारी वहन गरून् भनेर यो गीत ल्याएको हुँ,’ गीतका उपाध्यायले भने ।
उनको यो गीतलाई नरहरि प्रेमी र सुम्निमा लोकोले गाएका हुन् । यो गीतमा संगीत पनि नरहरिकै रहेको छ । यो गीतको लिरिकल भिडियो यतिबेला डा. उपाध्यायले आफ्नै कम्पनी डीआर म्युजिक एन्ड क्रियसनमार्फत सार्वजनिक गरेका छन् । अझै बन्दाबन्दीकै अवस्था रहेकाले यसको लिरिकल भिडियो रिलिज गर्नुपरेको उनले बताएका छन् ।
गीतकार डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम दर्शकमाझ आएका छन् । अहिले आफू अर्को नयाँ गीतिसंग्रहको तयारीमा रहेको पनि उनले बताए । यी गीतकारले हालसम्म वल्र्ड बुक्स अर्फ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।






