उदयपुरमा वडाध्यक्षसहित ५ जना कोरोना संक्रमण

उदयपुर । उदयपुरमा जनप्रतिनिधिसहित शुक्रबार ५ जनामा कोरोना संक्रमण भेटिएपछि बेलका नगरपालिकाका कोरोना संक्रमण समुदाय स्तरमा पुगेको अनुमान गरिएको छ । बेलका नगरपालिका– २ पुरन्दहका ६२ वर्षीय वडाध्यक्षसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेलका नगरपालिका– ५ का ४० वर्षीय पुरुष, बेलका नगरपालिका– ९ का ३२ वर्षीय पुरुष, २३ वर्षिय पुरुष र बेलका नगरपालिका– ५ कै ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएका हुन् ।

संक्रमित मध्ये दुई जना असार १२ गते भारतबाट जोगबनी नाका हुँदै बेलका आएर क्वारेन्टिनमा बस्दै आएका युवाहरु हुन । बेलका नगरपालिका– २ का वडाध्यक्षसहित ३ जना भने बाहिरबाट आएका ब्यक्ति होइन, त्यसैले पनि बेलका नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा पुगेको हुन सक्ने आशंका गरिएको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापा ( स्वातिक ) ले जानकारी दिए ।

त्यसैगरी केहि दिन अघि उदयपुरमा एकै परिवारका ५ सहित १५ जनामा कोराना पोजेटिभ देखिएको थियो । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिन, ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको महेन्द्ररत्न माबिमा रहेको क्वारेन्टिनमा बस्ने र कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका ३ बालबालिका सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतको दिल्लीमा होटल ब्यवसाय गरेर गत असार ३ गते फर्किएर कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका कटारी नगरपालिका– ५ का ४६ वर्षीय पुरुष, २१ वर्षीय पुरुष, १७ वर्षीय बालिका, १३ वर्षीय बालिका, १० वर्षीय बालिकाहरुमा कोरोना पोजेटिभ देखिएको उनीहरु एकै घरमा परिवार हुन् ।

भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका– ९ गहिरुनका ३० वर्षीय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका– १० बोक्सेका ५३ वर्षीय महिला, बैदेशिक रोजगारीमा कुबेतबाट आएका त्रियुगा नगरपालिका– ६ जलजलेका ३० वर्षीय महिला, बैदेशिक रोगजारीमा कुबेत पुगेर आएकी त्रियुगा नगरपालिका– ४ बगाहाकी ३८ वर्षीय महिला, भारतको युपिबाट जोगबनी नाका हुँदै आएका त्रियुगा नगरपालिका– ६ का ३५ वर्षीय पुरुष, दिल्लीबाट जोगबनी नाका हुँदै भित्रिएका त्रियुगा नगरपालिका– १० बोक्सेका २६ वर्षीय पुरुष, कुबेतबाट आएका त्रियुगा नगरपालिका– २ मोतियाहीका ३० वर्षीय पुरुष र बैदेशिक रोजगारीमा दुबई पुगेर आएका त्रियुगा नगरपालिका– ८ चुहाड्का २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

उनीहरु असार ९ गते कुबेत, दुबई भारतको दिल्ली, युपिबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । ताप्ली गाउँपालिका– ५ रुपाटारस्थित महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारमा रहेको क्वारेन्टिनमा बस्दै आएको ताप्ली गाउँपालिका– ४ रुपाटारका ४२ वर्षीय पुरुष र २५ महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु दुबै जना भारतको दिल्लीबाट केहि दिन घर आएका दम्पती हुन् । उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएकोहरुमा कोरानो संक्रमण पुष्टि हुने गरेकोमा जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा फैलिएको हुन सक्ने आशंका गरिएको छ । भारत लगायतका देशबाट आएकाहरुलाई नगरपालिका तथा गाउँपालिकाले उद्धार गरि क्वारेन्टाईनमा राख्ने गरेको छ । उनीहरुलाई कोरोना उपचार केन्द्र बेल्टारमा लैजाने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत ब्यक्ति लौकाजी राईले बताए ।

पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् ।

पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या १७ महिलासहित ७२ जना पुगेको छ । संक्रमित मध्ये ४७ जना निको भएर घर फर्किसकेका छन् भने १९ जना कोरोना अस्पताल बेल्टारको आईसोलेसनमा उपचाररत छन् । ५ जनालाई कोरोना उपचार केन्द्र बेल्टार ल्याउने तयारीमा रहेको बताएका छन ।

त्यसैगरी अहिलेसम्म उदयपुरमा १७ जना महिला सहित ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा १० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा नयाँ सम्भाबित संक्रमित ८० जना रहेको अनुमान गरिएको छ । जसमा कटारी नगरपालिकामा २८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, त्रियुगा नगरपालिकामा ९ जना, बेलका नगरपालिकामा १६ जना, रौतामाई गाउँपालिकामा ९ जना र लिम्चुङबुङ गाउँपालिकामा १२ जना रहेको उल्लेख गरिएको छ । क्वारेन्टिनमा २० महिलासहित १४७ जना रहेका छन् । होम क्’boutन्टिनमा १४ महिलासहित ४४६ जना रहेको छ । उदयपुरमा ३५ स्थानमा निर्माण गरिएको क्वारेन्टिनमा ५५० बेड क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उल्लेख गरेको छ । उदयपुरमा अहिलेसम्म १६२ महिलासहित ८०८ जनाको आरडिटि गरेको छ भने १०८६ जना महिलासहित ३ हजार ७ सय ९३ जनाको पिसिआर गरेको बताइएका छन । जसमा १८ महिलासहित ७२ जना रिपोर्ट पोजिभिट आएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ