इटहरी । इटहरीको एक रिसोर्टबाट एक युवतीसहित सातजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार इटहरीको रिभर साइड रिसोर्टबाट एक युवतीसहित सात जना पक्राउ परेका हुन् ।
युवती राखी यौन व्यवसाय सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले इटहरी ९ स्थित रिभर साइड रिसोर्टमा छापा मारी सात जनालाई नियन्त्रणमा लिएको भण्डारीले बताए । छापा मार्ने क्रममा शङ्कास्पद अवस्थामा रहेका छ जना पुरुष र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)






