प्रचण्ड, नेपाल र खनालसहितका नेताहरु राष्ट्रपति भेट्न शितल निवासमा

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् ।

पछिल्लो समय नेकपा विवादमा राष्ट्रपतिलाई समेत मुछेपछि नेताहरु शितलनिवास गएका हुन् । यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले शितल निवासमा राष्ट्रपतिलाई भेटेर फर्केपछि मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए । यही विषयमा छलफल गर्न नेताहरु शितलनिवास पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?