Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ३असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

,
sharethis

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

असार २६ देखि २९ गतेसम्म धेरै स्थानमा नदी कतै सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९ गतेसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । यस्तै प्रदेश नं १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्वतयारीमा जुट्न समयमै अनुरोध गरेको छ । प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा मुलुकभरको १३० वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी डडेलधुराको वर्षामापन केन्द्रमा १२४ दशमलव पाँच मिलिमिटर पानी परेको छ ।

यस्तै सात वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । छब्बीस केन्द्रमा २५ मिलिमिटर, ५२ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको जनाइएको छ । पछिल्लो चौबिस घण्टामा २४ विपद्का घटना भएको प्राधिकरणले जनाएको छ । अहिले असारमा आधारित पूर्वसूचना प्रणाली अपनाइएकाले शुरुमै कुनकुन क्षेत्रमा असर गर्नसक्छ भन्ने कुरा सार्वजनिकरुपमा जानकारी दिन थालिएको छ ।

(Visited 211 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

मेलम्चीमा पुनः बाढी, प्रहरीले माइकिङ गर्दै भन्याे ‘सुरक्षित रहनु’

मेलम्ची ।  सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक...

रगत लिने र दिने दुवैलाई लाभ

  विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रक्तदानमार्फत् रक्तसंकलन हुन्छ । नेपालमा रक्तसञ्चार सेवाले ७३ जिल्लाका १ सय २० ठाउँबाट २ लाख ३८...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

ट्रेन्डिङ

शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द

कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए ।...

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

  काठमाडाैं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)