विप्लव समूहका पूर्व भोजपुर सेक्रेटरी पक्राउ

सांकेतिक तस्वीर

भोजपुर । नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

संगठित तथा बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्धामा सग्लन भइ फरार रहेका राईलाई आइतबार गरे पश्चात प्रहरीले आज सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले भोजपुरको हतुवागढी गाउँपालिका –९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जस बहादुर राईको घर खानखलाशी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ । घरधनी राई फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रदिप लामाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ