काठमाडौं । ३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारलाईको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ । यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको छ । यस्तै, यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र मुलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ ।
समृद्ध नेपाल सुखी नेपाली, सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान ओली सरकारका मुख्य नारा हुन् । प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा समेत यी विषय जोड दिँदै सरकारले गरिरहेको काम’bout प्रस्ट गर्दै आएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले असाधारण काम गरेको दाबी गरे । ओली नेतृत्वको सरकारप्रति जनता आशा र भरोसा रहेको बताउँदै आउने दिनमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने बताए ।
सरकारको दाबीअनुसारका सफलता :
–यातायात सिन्डिकेट अन्त्य
–तस्करमाथि कारबाही र नियन्त्रण
–विकास निर्माणमा ढिलासुस्ती हटाउने काम
–सार्वजनिक खर्चमा मितव्ययिता
–राजमार्ग र सडक सुरक्षाको प्रभावकारी प्रबन्ध
–अध्यागमनमा नयाँ प्रणाली
–पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली
–सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता
–औचित्यहीन भ्रमणमा नियन्त्रण
–आवश्यकता र प्राथमिकताका आधारमा विदेश सम्बन्ध
–सडक रेल पूर्वाधार निर्माणमा तीव्र गतिमा काम
–शिक्षा क्षेत्रमा दूरगामी महŒवका काम
–पुनर्निर्माणमा नतिजामुखी काम
–सामाजिक सुरक्षामा नयाँ थालनी
–फलाम खानी अन्वेषणमा तीव्रता
–अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माण तयारी
प्रधानमन्त्री ओली मिर्गाैला रोगसँग सामना गरिरहेका छन् । उनको नियमित डायलाइसिस भइरहेको छ । तर पनि उनी दैनिक १८ घण्टा काम गरिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले पनि आप्m्नो योजना नै मुलुकलाई समृद्ध बनाउने रहेको र विगत दुई वर्षमा समृद्धिको जग बसाउने काम भएको बताउँदै आएका छन् ।
आउने तीन वर्ष ठूला आयोजनालाई पूरा गर्ने दिशामा सरकार लागेको बताउँदै समृद्धिको सपना पूरा हुने सरकारी अधिकारीको दाबी छ । सत्तारूढ नेकपाको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा सरकारी काम’bout व्यापक बहस भयो । सरकारको काम एवं प्रगति’bout समीक्षा गर्दै आगामी दिनमा अझै प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने सुझाव केन्द्रीय सदस्यले दिएका छन् ।

सरकारप्रति जनताको आशा र भरोसा अत्यधिक छ । आउने दिनमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गरेरै छोड्छ ।
गोकुल बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री
भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज बनाउने काममा सरकारले प्रभावकारी काम गर्न नसके पनि यस विषयमा सचेत रहेको छ । सरकारले आफ्नो गति बढाएको नेकपा नेताको बुझाइ रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले दुई वर्षमा असाधारण काम गरेको दाबी गरेकी छन् । अहिलेसम्मको इतिहासमा बनेका सबै सरकारमध्ये ओली सरकारको काम प्रभावकारी रहेको बुझाइ उनको छ ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको शैली गैरलोकतान्त्रिक रहेको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शैली निरंकुश रहेको बताए । मुलुक र जनताको हितभन्दा पनि आफ्नो स्वार्थ कसरी पूरा हुन्छ त्यसअनुसार सरकार अघि बढेको आरोप उनले लगाए । यति समूहको काण्डदेखि बालुवाटार जग्गा प्रकरणमा सरकारको शैली स्वार्थ केन्द्रित रहेको उनले बताए ।
प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव अजय गुप्ताले सरकारको आलोचना नेकपा नेताबाटै भएको बताए । नेकपाबाटै सरकारको आलोचना भइरहँदा राजपाले त्यसमा आफ्नो कुरा केही राख्न आवश्यक नै नभएको उनले बताए ।
ओली नेतृत्वको सरकारमा सहभागी भएर सरकार छोडेको प्रतिपक्षी समाजवादी पार्टीले सरकार स्वेच्छाचारी शैलीमा अघि बढेको आरोप लगाएको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले सरकारको शैली जनताको हितविपरीत र आफूखुसी अघि बढ्ने रहेको बताए ।