अन्तर्राष्ट्रिय सहकारी दिवस र नेपाल

सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत प्रत्येक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने चलन छ । यो सन् १९९५ बाट संयुक्त राष्ट्रसंघले पनि यस दिवसलाई अंगीकार गरेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेको सात सिद्धान्तमा स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम र सूचना, सहकारी संस्थाबीच सहयोग र समुदायप्रति चासो रहेको छ । यी माथिका सिद्धान्तभित्रका वाक्यांशलाई परिभाषा गर्ने र अर्थ लगाउने हो भने यसमा कहीँ पनि राजनीतिको गन्ध आउँदैन । यस्तो स्वच्छ निर्मल शब्दलाई संयुक्त राष्ट्रसंघले समेत स्वीकार गरिसकेको छ । वर्तमान अवस्थामा कट्टर मुस्लिम केही देश छोडेर यो परिभाषाको प्रयोग र सहकारीको सिद्धान्तभित्र संसारका सबै देशमा सहकारी संघ संस्था सञ्चालन भइसकेका छन् । विश्वको इतिहासमा हेर्ने हो भने सहकारीको जन्म बेलायतको रोचहेल अग्रदूत का २८ जनाको एउटा समूहबाट सन् १८४४ को अक्टोबर २४ का दिन भएको पाइन्छ । सो ऐनअन्तर्गत रोचहेल सामूहिक अग्रदूत समिति नै विश्वको प्रथम सहकारी संस्था हो ।

यसरी बेलायतमा जन्म भएर जर्मनमा पुगी हरेक हरेकका लागि भन्ने सिद्धान्तको विकास हुँदै डेनमार्क, जापान, चीन, ब्राजिल भएर भारतमा कृषि सहकारीको विकास हुँदै गयो । वि.सं.२०१० सालमा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालयअन्र्तगत सहकारी विभागको स्थापना भयो । तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २०१३ चैत्र २० गते नेपालमा पहिलो सहकारी संस्थाको रूपमा प्रवेश गरेको वखान सहकारी संस्थाको स्थापना भयो । त्यसरी नै दक्षिण एसियाली मुलुक नेपाल, बंगलादेश, भारत र पाकिस्तानसम्ममा यस प्रकारका सहकारी सेवा धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तीकरणका लागि पनि सहकारी एउटा अदभुत अस्त्र साबित भएको छ ।

मानव समाजलाई हेर्ने विभित्र वाद, दर्शन र सिद्धान्तमध्ये सहकारी एक प्रशंसनीय दृष्टिकोण र नवीनतम चिन्तन हो

सर्वप्रथम अन्तर्राष्ट्रिय सहकारी महासंघको आफ्नो परिभाषा ‘व्यक्तिको ऐच्छिक सहभागिताबाट उनीहरूको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो । सहकारीलाई सामान्य अर्थमा हेर्दा यो एउटा व्यवसाय वा कारोबार हो जसमा समूहमा बस्ने, सोच्ने र काम गर्ने पद्धतिमार्फत ती व्यवसायहरू सञ्चालन गरिन्छ । यसलाई अर्को अर्थमा भन्नुपर्दा देश विकासको साझा प्रयासलाई अगाडि बढाउन स्थानीय स्तरमा स्वावलम्बनको भावना जागृत गराउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि जनसहभागिता परिचालन गर्ने आधारस्तम्भको रूपमा सहकारी संघ÷संस्थाको स्थापना र नियमनलगायतका कार्य सञ्चालन हुँदै आएका छन् ।

२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात् सहकारी संघ÷संस्थालाई जनताकै क्रियाशील सक्रियताका नयाँ सोच विचार एवं मान्यताअनुसार सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भई सहकारी ऐन २०४८ तर्जुमा भई लागू गरियो । यो एउटा सामाजिक कार्य पनि हो । सहकारी ऐन, २०४८ को प्रस्तावनाअनुसार कृषक, कालिगढ, कम पुँजीबल, निम्न आयवर्ग, श्रमिक मजदुर, बेरोजगारजस्ता वर्गले सहकारी स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । यसबाट के देखिन्छ भने जुन वर्गसँग सीमित स्रोत, साधन र पँुजी हुन्छ, ती वर्गहरूले त्यस्तो सीमित स्रोतसाधनलाई सामूहीकरण गरेर सामूहिक स्वामित्वअन्तर्गत रहेर कुनै कारोबार वा व्यवसाय सञ्चालन गर्न स्वतन्त्रपूर्वक स्वेच्छिक रूपमा समूहमा आबद्ध हुन्छन्, त्यसलाई नै सामान्य अर्थमा सहकारी भनिन्छ । एक्लो व्यक्ति सँग सीमित स्रोतसाधन मात्र हुन्छ तर आवश्यकता असीमित हुन्छन् । त्यस्तो अवस्थामा असीमित आवश्यकता परिपूर्तिका लागि सामूहिक प्रयास भन्दा अर्को विकल्प केही पनि हुन सक्दैन ।

उदाहरणको लागि हामीसँग भएको थोरै साधन र स्रोतलाई परिचालन गरी हाम्रो आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उत्तम उपाय नै सहकारी हो । यसमा समाजमा रहेर स्वेच्छिक रूपमा समूहबद्ध भएर स्वतन्त्रपूर्वक रूपमा आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकताको परिपूर्ति गर्नका लागि आफ्ना सीमित स्रोत, साधन एवं पुँजीका संयुक्त स्वामित्व स्वीकार गरी कारोबार सञ्चालन गरिन्छ, जुन कारोबारबाट हुने नाफा र नोक्सानमा सबै हिस्सा हुन्छ । सहकारी स्थापना र सञ्चालन गर्नुको प्रमुख उद्देश्य सदस्यको आर्थिक तथा सामाजिक हितलाई अभिवृद्धि गर्नु हो, आम्दानी बढाउनु, खर्च घटाउनु, मितव्ययी बनाउनु, लगनशील बनाउनु, सेवाभावको अभिवृद्धि गराउनु आदि रहेका छन् । यसरी सहकारी ऐन २०४८ जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता, भावना तथा सिद्धान्तअनुसार सहकारी संस्थाको स्थापना र सञ्चालन हुने कानुनी आधार निर्माण भयो ।

अन्त्यमा भन्नुपर्दा विश्व सहकारी आन्दोलनलाई हेर्ने हो भने सहकारीको जन्म बेलायतमा मजदुरलाई मालिकले चरम शोषण गरेपछि सहकार्य गर्ने योजनाअनुसार १७औं शताब्दीमा भएको इतिहास छ । यसमा प्रशंसनीय दृष्टिकोणलाई हेर्ने हो भने सन् १९८० को दशकमा अमेरिकी नागरिक डेभिड एल कुपरराइडरले प्रवर्तन गरेका थिए । मानव समाजलाई हेर्ने विभित्र वाद, दर्शन र सिद्धान्तमध्ये प्रशंसनीय दृष्टिकोण एक नवीनतम चिन्तन हो । विश्व मानव विकासमा सकारात्मक परिवर्तन ल्याउन यो विश्वव्यापी हुँदै गइरहेको दृष्टिकोण, पद्धति, विधि, शैली र व्यवहार हो । हाम्रो देशमा पनि सहकारी ऐन आउनुपूर्व विभित्र समयमा सहकारीको सञ्चालन र कानुनी व्यवस्था गर्न र नियमन कार्यलाई सुदृढ गर्न सहकारी संस्था ऐन २०१६ तथा सहकारी नियम २०१८, साझा संस्था ऐन २०४१ र साझा संस्था नियमावली २०४३ गरी भएको देखिन्छ ।

समग्र वित्तीय क्षेत्र एवं मुलुको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान क्रमशः वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७३-७४ सम्म नेपाल राज्यभर सञ्चालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको सेयर पँुजी ७३ अर्बभन्दा बढी पुगेको छ भने बचत निक्षेप ३ सय २ अर्बभन्दा बढी र लगानी २ सय ७३ अर्बभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ सम्म यस क्षेत्रले झन्डैं ६१ हजार जना विभिन्न तहको जनशक्तिलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,466 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी