बाह्बिसे क्षेत्रमा तत्काल उद्धार गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रेबिसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन् ।

सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन् ।

बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा चार जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता छन् । करिब १ दर्जन घर बगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच मध्यराति १९ बुँदे सहमति