रौतहट । असारको अन्त्यमा बिकास निमार्ण तथा सेवाग्राहस्को भुक्तानीको चटारो परिरहेको बेलामा रौतहटको एक नगरपालिका हाकिम बिहिन बनेको छ । रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम्बनमा परेपछि सो नगरपालिका हाकिम बिहिन बन्न पुगेको हो । रौतहटको कटहरिया नगरपालिका लगायत ८ वटा स्थानिय तहले अझै पनि नगर सभा गर्न सकेका छैनन । कटहरिया नगरपालिकामा एक महिनाको अबधिमा २ जना प्रमुख प्रशासकिय अधिकृत निलम्बनमा परेपछि सो नगरपालिकाको नगर सभा अन्यौलनमा छ । गत असार ७ गते तत्कालीन प्रमुख प्रशासकिय अधिकृत श्याम कुमार सिंह निलम्बनमा परे । जिल्ला हुलाक कार्यालय दैलेखमा कार्यरत रहदा उनले भष्ट्रचार गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेपछि उपसचिब सिह निलम्बनमा परेका थिए ।
त्यस पछि असार १५ गते शाखा अधिकृत मनोज कुमार रजक सो कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आए । उनी पनि नगरपालिकामा हाजिर भएको १ हप्ता बित्न नपाउर्दै निलम्बनमा परेको उक्त नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहले जानकारी दिए । केही बर्ष अघि रौतहटकै राजदेबी नगरपालिकामा कम्बल खरिदको बिषयमा अनियमिता गरेको आरोपमा अख्तियारले शाखा अधिकृत रजक सहित ६ जना माथि बिषेश अदालतमा मुद्दा दायर गरेको थियो । रजक असार २२ गते देखी निलम्बनमा परेका हुन ।
यता प्रमुख प्रशासकिय अधिकृतको अभाबमा नगरपालिकाको नगर सभा गर्न नसेको नगर प्रमुख कुशवाहको भनाइ छ । नगर सभा समयमा प्रमुख प्रशासकिय अधिकृतहरु धमाधम निलम्बनमा परेपछि आफुलाइ समस्या परेको हो । असार १० गते भित्र नै नगरसभा गरी सक्नु पर्ने नेपाल सरकारको निति भएतापनि कर्मचारीको अभाबले गर्न नसकेको उनको भनाइ छ । संघिय मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत नपठाइदिदा सेवाग्राहीको भुक्तानीमा समेत समस्या आएको छ । अहिले कटहरिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन छ । प्रमुख प्रशासकिय अधिकृतको लागी सो नगरपालिलकामा कार्यरत मध्य सिनियर कर्मचारीको नाम मन्त्रालयले मागेको र सोही अनुसार आफुले नाम पठाएको तर अहिले सम्म को हाकिम हुने हो थाहा नभएको उनी बताउछन ।
कटहरिया नगरपालिका सहित बौधमाइ नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,देवाही गुनाही नगरपालिका,राजदेबी नगरपालिका,गुजरा नगरपालिका,इशनाथ नगरपालिका र गरुडा नगरपालिकाको नगर सभा भएको छैन । गरुडा नगरपालिकाको आउदो असार २९ गते नगर सभाको तयारी पुरा भएको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमम्द मुस्ताक आलमले जानकारी दिएका छन ।





