Tuesday, August 11, 2020
Home Editor-Picks पीपलको पातमा थरीथरीका तस्बिर

पीपलको पातमा थरीथरीका तस्बिर

जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर–२ जुम्लाका युवा विराज भण्डारीले पातमा बनाएको ‘स्केज’ अर्थात् लिफ आर्टले अहिले सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइरहेको छ । विराजले बनाएका लिफ आर्टको अहिले फेसबुकमा मात्र नभएर इन्स्टाग्राम, टिकटक र ट्वीटरमा समेत लोकप्रियता बढ्दै गएको देखिन्छ । विगतमा पेन्सिलले स्केचहरू बनाउने विराज अहिले पातमा विभिन्न आकृति सिर्जना गर्न थालेका छन् ।

यो कला निर्माणबारे बिराजले भने, ‘पहिला पेन्सिल स्केचहरू बनाउँथे । एकदिन एउटा बुद्धको लिफ आर्ट बनाएको भिडियो हेरें, कसरी बनाउँछन् जस्तो लागेको थियो । मैले घरमा पहिलोपटक पातमा नेपालको नक्सा बनाएँ । बुबाआमा चकित पर्नुभयो । मलाई थप हौसला मिल्यो र यसलाई निरन्तरता दिएँ ।’

अहिले यो आर्टबारे धेरैबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । थप अरू कला सिर्जना गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सुझाव दिएको पनि उनले राजधानीलाई बताए । विराजले केही दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायत केही जनप्रतिनिधिको स्केच बनाएर प्रदान गरेको सम्झदै भने, ‘मैले प्रजिअलगायत केही जनप्रतिनिधिको स्केच बनाएपछि मप्रति सबैले सद्भाव देखाएका छन्,’ सबैले यसलाई निरन्तरता दिन हौस्याइरहेको उनले बताए ।

हालसम्म पीपल, ओखर र अंगुरको पातमा स्केचहरू बनाएका विराज सबैभन्दा पीपलको पातमा सहज हुने अनुभव सुनाउँछन् । जुम्ला घर भएका उनी हाल झापास्थित गौरादह कृषि क्याम्पसमा अध्ययन गर्छन् । अहिले लकडाउनले गर्दा आफ्नै घर जुम्लामा छन्, ‘घरमा बस्दा लिफ आर्ट बनाउने प्रयास गरें, ठीकै भयो । अहिले उत्साहित छु र विगतमा बिहान अबेरसम्म सुत्ने मान्छे अहिले बिहान सबेरै उठेर लिफ आर्टमै व्यस्त छु,’ उनले भने ।

लिफ आर्ट हेर्दा धेरै आर्कषक देखिए पनि यसलाई बनाउन र यसलाई सुरक्षित राख्न गाह्रो हुने उनले बताए । उनले अहिलेसम्म विभिन्न जनावर, चराचुरुंगी, नक्सा, चर्चित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी, कलाकार, राजनितिज्ञलगायतको स्केच बनाइसकेका छन् । आफ्नो गाउँघरमा लिफ आर्टलाई अनौठो रूपमा लिने गरेकोले परिवारले धेरै सहयोग गरेको उनले बताए ।

‘अहिले विराजको दक्षता बढ्दै गएको छ, उनलाई पातमा कुनै पनि चिजको आकृति बनाउन पेन्सिल र ब्लेड भए पुग्छ । पहिले पेन्सिलले कोरेर त्यसपछि त्यसलाई ब्लेडले काटेर दुरुस्तै आकृति बनाइदिन्छन्,’ उनका बुबा भीमबहादुर भण्डारीले भने ।

(Visited 124 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

जंगली मेलमा कलमी अभियान

बाजुरा(मार्तडी) । कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा १ लाख जंगली मेलका बोटमा नास्पाती कलमी अभियान सञ्चालन गर्ने भएको छ ।...

क्वारेन्टाइनबाटै संक्रमण फैलिने जोखिम

बर्दिया । जिल्लास्थित जनज्योती माविको क्वारेन्टाइनमा १४ दिन पुरा गरेका व्यक्तिहरुको आरडीटी विधिबाट स्वास्थ्य परीक्षण गरियो । जसमध्ये ५ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आयो...

एकैदिन साढे ६ अर्ब बढीको राजस्व छली मुद्दा, ६ अर्ब ६० करोड बिगो माग दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभिन्न फार्म र सञ्चालकविरुद्ध ६ अर्ब ६० करोड रुपैयाँ बिगो असुली...

मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा दोस्रो सातादेखि सुरु भएको धान रोपाइँ ३१ असारसम्ममा मुलुकभर ८१.५८...

ई-पेपर

(Visited 46 times, 1 visits today)