Sunday, September 27, 2020
Home Breaking News सरकार उपलब्धिको वर्षमा अघि बढिरहेको छ : प्रधानमन्त्री

सरकार उपलब्धिको वर्षमा अघि बढिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको बताए । ‘मुलुकले तीव्ररूपमा विकास गरिरहको छ’, प्रधानमन्त्री ओलीले भने, ‘देश तीव्र आर्थिक विकास हासिल गरेका १० मुलुकभित्र परेको छ, लगातार तीन ६.५ आथिक वृद्धिदर छ, कूल आम्दानी १८ प्रतिशतभन्दा माथि छ ।’

प्रधानमन्त्री ओलीले गरीबी निवारण १.५ प्रतिशतले घटेको जानकारी दिँदै अहिले १६.५ प्र्रतिशत गरीबीमा झरेको बताए । उनले प्रदेशको आर्थिक विकास समान खालको भएको जानकारी गराए । ‘सामाजिक सुरक्षा कार्यक्रम गरीबी घटाउन सहयोग पुगेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘समग्रमा आर्थिक विकास नै बढेको छ, श्रम बजारमा प्रवेश गरेकाले रोजगार पाएको अवस्था छ ।’ उनले श्रम बजारमा नयाँ रोजगारीमा आएका बेरोजगार हुनुपर्ने अवस्था नआएको स्पष्ट पारे ।

श्रम बजारमा थपिएका अधिकांशलाई रोजगारीमा सम्बोधन भए पनि केही सीप र दक्षताको कमी, जीवनोपयोगी शिक्षा बन्न नसकेको हुँदा केही जटिलता भएको बताए । प्रधानमन्त्री ओलीले बलियो जगमा उभिएको सरकारले अल्पकालीन र दीर्घकालीन विकास आरोहण वर्षका रुपमा यो वर्षलाई लिएर ७६१ वटा सरकार सञ्चालन भइरहेको बताए ।

सबै सरकारका लागि कर्मचारी प्रवद्र्धन र जनताको आकाङ्क्षा रहेको तीव्र विकास सङ्घीयता कार्यान्वयन भइसकेको नयाँ प्रणालीसँगै आएको चुनौतीसँगै काममा प्रष्टता आएको जानकारी गराउँदै कानूनहरु निर्माण भएर मौलिक हक कार्यान्वयनमा सुनाए ।

हरेक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन सरकार लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिष्टको सरकार बन्यो भनेर हाँस्न त के रुन पनि पाइँदैन भन्ने गत वर्ष हल्ला चलेको थियो तर वास्तविकता त्यस्तो थिएन, लोकतन्त्र सङ्कटमा परेको अधिनायकवाद आउन लागेको कुरा होइन ।’ नेपालको संविधान जारी गरेर नयाँ व्यवस्थाका साथ सरकार अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तीन दशकअघिको जस्तो निधेष गर्नुपर्ने शासन प्रणाली अहिलेको शासन प्रणाली नभएको स्पष्ट पारे ।

‘लोकतन्त्रका लागि आन्दोलन गर्नु र लोकतन्त्रमा आन्दोलन गर्नु फरक कुरा हो, हामीले आन्दोलनमा भेद छुट्याउन सक्नुपर्छ­’, प्रधानमन्त्री ओलीले भने । राजनीतिक आन्दोलन सकिएको हुनाले राष्ट्रिय आकाङ्क्षाका पूरा गर्न सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभिभारा अघि बढिरहेको छ । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

(Visited 37 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको निधन

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच,...

सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९...

१९औं अनसनको तेह्रौं दिन : कस्तो छ केसीको अवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा....

भर्खरै

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

निकुञ्ज क्षेत्र सुनसान, व्यवसायीको साढे ३ अर्ब डुब्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने यो पिक आवर हो । विगतका वर्षमा यो सिजनमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी निकै तमझामका...

प्रधान सेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखी सेल्फक्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासमा भान्छामा कार्यरत एकजना सदस्यमा मिति १० असोजमा कोरोना संक्रमण पुष्टि भएपछि...

कृषि अनुदानलाई यसरी प्रभावकारी बनाउन सकिन्छ

मानव शरिरको लागि चाहिने बहुसंख्यक पोषकतत्वहरु कृषि उपजबाट नै प्राप्त हुन्छ । त्यसैले यो मानिसको उत्पत्तिसँगै प्रचलनमा आएको आदिम पेशा हो । नेपालीहरुको प्रमुख...

धेरै पढिएका

अराजक बजारमा पिल्सिएका उपभोक्ता

  माधव तिमल्सिना मार्च १४ संसार भर उपभोक्ता दिवश मनाइयो । सन् १९६२ मा पूर्व अमेरिकी राष्ट्रपति जो एफ केनेडीले अमेरिकी कांग्रेससमक्ष उपभोक्ताका चारवटा अधिकार पास...

निजामती सेवा विधेयक : ५४ पटक बैठक, उपलब्धि शून्य

काठमाडौं । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयकबारे संसदीय समितिमा ५४ पटकसम्म बैठक बस्यो । संसद्को राज्य व्यवस्था...

मोर्गनले तोडे धोनीको कीर्तिमान

लन्डन । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मोगर्नले धोनीले कप्तानको...

खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा...

ई-पेपर

(Visited 63 times, 1 visits today)