Saturday, February 22, 2020
Home Breaking News अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले जनताले सुम्पेको विश्वास र भरोसाको नासोका रुपमा सार्वभौम जनताको आकाङ्क्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले हालसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र सुदृढ हुँदै गएको धारणा व्यक्त गरे। उनले पूर्वपश्चिम राजमार्गको चारदेखि छ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले नेपाल–भारतबीचको सीमा विवादका विषयमा संवादका माध्यमबाट समस्या समाधान गरी अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उक्त भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गरे । साथै, चीनबाट विद्यार्थी ल्याउनका लागि सरकार गम्भीर भएर लागिपरेको बताए ।

Loading comments...

HAMRO PATRO

प्रमुख

पश्चिमी वायुको प्रभाव लम्बिने, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको...

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका...

सेना दिवसको अवसरमा सैनिक मञ्चमा विशेष कार्यक्रम

ललितपुर । नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेनाले देशभर नै विविध कार्यक्रम...

उत्पादन र रोजगारीलाई समृद्धीसँग जोड्न पर्छ : मन्त्री पोखरेल

संखुवासभा । शिक्षालाई श्रम सिपलाई उत्पादन र रोजगारी सँग, उत्पादन र रोजगारीलाई समृद्धी सँग जोड्नु पर्ने शिक्षा, विज्ञान तथा...

भर्खरै

ट्रम्पले ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नगर्ने

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्ने भएका छन् । उनले भारतको...

बागलुङमा स्काभेटर दुर्घटना हुँदा एकजना घाइते

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दुर्घटना हुँदा सहचालक घाइते भएका छन् । दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा...

पश्चिमी वायुको प्रभाव लम्बिने, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको...

आफू मरेर यात्रुलाई बचाउने पाइलटद्वयका शालिक चार वर्षदेखि थन्किए

बाँके । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि...

धेरै पढिएका

ई-पेपर