चौथो चरणमा चाइनबाट ढुवानी उपकरण, बत्तीका सामग्री र शव व्यवस्थापनमा प्रयोग हुने राहत आयो

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ ।

काठमाडौं । चीनले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि चौथो चरणको आपत्कालीन राहत सामग्री पठाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार राहत सामग्री मंगलबार पठाइएको हो । उक्त सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ ।

राहत सामग्रीमा उद्धार तथा ढुवानीका उपकरण, प्रकाशका सामग्री र शव व्यवस्थापनमा प्रयोग हुने सामग्रीलगायत रहेका छन्।

प्रवक्ता माओका अनुसार चीनका विभिन्न क्षेत्र र संस्थाले पनि नेपालका विपद् प्रभावितलाई सहयोग गरिरहेका छन्। चीन फाउन्डेसन फर रुरल डेभलपमेन्टको टोली नेपालका प्रभावित क्षेत्रमा पुगेर अस्थायी आश्रयस्थल निर्माण गर्नुका साथै दैनिक आवश्यक सामग्री र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ।

त्यस्तै, नेपालस्थित चिनियाँ उद्योग तथा व्यवसायीहरूको संस्था ‘चाइना इन्टरप्राइजेज एसोसिएसन’ले पनि विपद् प्रभावितका लागि पहिलो चरणको राहत सामग्री तथा सहयोग नेपाली पक्षलाई हस्तान्तरण गरेको छ।

माओ निङले ठूलो विपद् र कठिनाइको समयमा चीन नेपालसँगै उभिने बताउँदै दुवै देशले एकअर्कालाई सहयोग गर्दै कठिनाइ पार गर्ने विश्वास व्यक्त गरेकी छन्।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

चौथो चरणमा चाइनबाट ढुवानी उपकरण, बत्तीका सामग्री र शव व्यवस्थापनमा प्रयोग हुने राहत आयो