Saturday, August 8, 2020
Home बिचार कूटनीतिक कमजोरी र असहज परिस्थिति

कूटनीतिक कमजोरी र असहज परिस्थिति

चीनले हालका दिनसम्म नेपालको आन्तरिक मामिलामा खासै चासो दिएको र हस्तक्षेप गरेको थिएन तर नेकपाभित्रको आन्तरिक द्वन्द्वमा केही समयदेखि अत्यन्त ज्यादा चासो लिन थालेको विषय सतहमा आइराखेको छ । यसले आउँदा दिनमा दुई छिमेकी देशका बीचको सम्बन्धमा सन्तुलन कायम गराउन असहज स्थिति बनेको छ । नेपाललाई भारतले लामो समयदेखि आफ्नै भूभागसरहको व्यवहार गर्दै आफ्नो उत्तरी सिमाना हिमाल भएको अभिव्यक्ति पटकपटक दिनु, उत्तरी सिमाना लिम्पियाधुरा क्षेत्रमा सैनिक उपस्थितिले नपुगेर राजनीतिक नक्सा जारी गरी उक्त क्षेत्र आफ्नै बनाउनु, मानसरोवर जाने मार्ग निर्माण गरी विधिवत् उद्घाटनसमेत गर्नु यसको प्रमाण हो । पश्चिमा राष्ट्र विशेषगरी संयुक्त राज्य अमेरिकाले चीनसँग गर्दै आएको प्रतिस्पर्धाका कारण पनि नेपालको भूभागलाई सामरिक रूपमा महŒवपूर्ण मान्दै नेपाललाई भारतीय सम्पर्कमार्फत आफ्नो पक्षमा राख्ने चाहना राख्दै जानुजस्ता कारणले नेपालले यो दबाब थेग्न नसक्ने परिस्थिति सिर्जना भइराखेको छ ।

यस अवस्थामा प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउन भारत लागिपरेको अपरिपक्व र गैरकूटनीतिक अभिव्यक्ति दिनुबाट भारतसँगको सम्बन्ध अत्यन्त नराम्ररी बिग्रिँदै गएको छ । यो परिस्थितिमा एमसीसीको विषयले यसलाई थप जटिल बनाइदिएकाले अहिले अत्यन्त सुझबुझका साथ नेपालले यी सबै देशसँग सम्बन्ध सुधारका लागि गम्भीरताका साथ लागिपर्नुपर्ने अवस्था छ । अब यी देशका रणनीतिका बारेमा केही प्रकाश पार्नु सान्दर्भिक हुनेछ ।

चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका समयमा नेपाललाई विभिन्न आयोजनामा उल्लेखनीय अनुदान रकम दिनेगरी दुवै देशका समकक्षीका बीच सम्झौता भएको छ । नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता राष्ट्रपति सीबाट आएकाले नेपाली पक्ष उत्साहित बनेको छ । दुई पक्ष सहयोगमा हस्ताक्षर गर्ने पक्षहरूको स्वार्थनिहित रहेको हुन्छ । नेपाललाई ठूलो धनराशि सहयोग गर्ने सौहार्दता चिनियाँ पक्षले गरिरहँदा नेपालबाट चीनले प्राप्त गर्ने फाइदाका सम्बन्धमा समेत चिन्तन गर्नुपर्ने हुन्छ । व्यापार व्यवसायमा विश्वभर सर्वोच्च स्थान हासिल गर्न सफल चीनले प्राचीन सिल्करुट हुँदै बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत विश्वभर सञ्जाल निर्माण गरेर प्रभाव बिस्तार गर्ने र यसमा संलग्न रहेका सबै राष्ट्रलाई सहयोग गर्ने मार्गचित्रका साथ अघि बढेको अवस्था छ ।

सोभियत संघको विघटनपश्चात् विश्वमा नै एक मात्र अत्यन्त शक्तिशाली राष्ट्रको रूपमा पहिचान बनाएको देश संयुक्त राज्य अमेरिकाले चिनिया प्रभावलाई नियन्त्रण र सन्तुलन गर्न प्रारम्भमा सन् २००७ मा एसिया प्यासिफिक स्ट्राटेजी हालका दिनमा इन्डोप्यासिफिक स्ट्राटेजीमार्फत एसियालगायतका देशहरूमा सबल सञ्जाल विस्तार गरिराखेकोमा नेपालले यी दुवै सञ्जालमा आफ्नो संलग्नता दिइराखेको छ । आउँदा दिनहरूमा यी सबै देशहरूसँग सुसम्बन्ध विस्तार गरी कूटनीतिक सफलताको प्रदर्शन गर्नुपर्ने स्थिति छ । अन्यथा कुनै एक पक्षसँग मात्र सौहार्दता कायम गरी अघि बढ्दा नेपालको परराष्ट्र नीति र समग्र देशको हितमा गम्भीर प्रभाव पर्न सक्दछ । यो स्थिति नेपालका लागि प्रत्युत्पादक हुन सक्दछ । तसर्थ, नेपालको कूटनीतिको परीक्षण गर्ने उपयुक्त समय यही भएको देखिँदै छ ।

चीन, नेपाल र भारत तीनै पक्षबीच सन्तुलित, सौहार्द र सुमधुर सम्बन्धबाट बहुपक्षीय प्रगतिको प्रत्याभूति गर्न सकिन्छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रथम कार्यकालको मध्य समयमा वैदेशिक नीतिमा ठूलोे चुनौतीको सामना गर्नुपर्ने अवस्था देखियो । चीनले वान बेल्ट वन रोड इनिसिएटिभको नामबाट विश्व बजारमा आफ्नो व्यापार लगायत कूटनीतिक अवस्था थप मजबुत बनाउँदै विश्व व्यापार र आर्थिक दृष्टिकोणले संसारभर सर्वोच्च स्थान हासिल गर्ने उच्च महŒवकांक्षा लिई अघि बढ्ने दृढताका साथ कार्य प्रारम्भ गरेको छ । यसले परम्परागत रूपमा रहेको पुरातन शैलीको व्यापार व्यवसाय गर्दै आएको सिल्क रुटलाई विश्वबजारमा सम्पर्क कायम गर्ने प्रभावकारी माध्यमका रूपमा लिई २१आंै शताब्दीको आधुनिक तरिकाले जल, स्थल र हवाई मार्गलगायतका बहुआयामिक रूपमा विकास गर्ने बृहत् आयोजनाको प्रारम्भ गर्ने लक्ष्य लिएको थियो । यसमा अर्बौं डलर खर्च भई युरोप, मध्यपूर्व, अफ्रिका र एसियामा विस्तारित हुने लक्ष लिएको दीर्घकालीन आयोजनाका रूपमा कार्यान्वयन गर्दै चीनलगायत यसमा संलग्न राष्ट्रहरूको बहुआयामिक विकास गर्नेगरी यसलाई जीवन्तता दिने उद्घोष चीनले गरेको छ ।

यसले हालसम्म १ सय ५२ देशमा आधारशिलाको विकास गर्ने अभिप्रायले लगानी गर्ने निर्णयगरेको छ । यसमा रसिया, पाकिस्तान, श्रीलंका, नेपाललगायतका देशले संलग्नता दिइसकेका छन् । बाँकी अन्य देशलाई पनि समावेश गराउन चीनले यथासम्भव प्रयास गरिराखेको छ । तर, भारतले यसको एउटा महŒवपूर्ण आयोजना चीन पाकिस्तान आर्थिक मार्गको कार्यान्वयन गर्दा विवादित क्षेत्र काश्मीरको प्रयोग गरिने भएकाले यसबाट भारतको सार्वभौमसत्तामा नै अतिक्रमण हुने तर्क गर्दै यसमा सहभागी नहुने निर्णय लिएको छ । तत्पश्चात् इन्डिया चिनिया रणनीतिलाई नियन्त्रण गर्न एसिया प्यासिफिक स्ट्राटेजीको महŒवपूर्ण र निर्णायक साझेदार बन्दै चीनसँग प्रतिरोध गर्ने रननीतिकारको रूपमा संयुक्त राज्य अमेरिकसँग यस मामिलामा हात मिलाई यस गठबन्धनको नामै इन्डो एसिया प्यासिफिक स्ट्राटेजी बनाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बंैक र विश्व व्यापार संगठनले बीआराईको सम्भाव्यताको आँकलन गर्दै यसलाई समर्थन र सहयोग गर्ने निर्णय लिएका छन् । जहाँसम्म इन्डियाको कुरा छ, सन् २०१६ मा मात्रै करिब ७१ मिलियन अमेरिकी डलर बराबरको व्यापार चीनसँग गर्दै क्रमस यो द्विपक्षीय व्यापारको आकार वृद्धि गर्दै लगेको छ र चीनलाई महŒवपूर्ण व्यापारिक साझेदारका रूपमा स्वीकार गर्दै अघि बढदा हालको यस परिस्थितिले अप्ठेरो अवस्था सिर्जना गरेको छ । भारत यो ठूलोे सञ्जालका रूपमा रहेको गठबन्धनबाट विल्कुल पृथक् रहनुपर्ने आशंका गरिएको छ । यो अवस्था रहँदा विश्व बजारमा सहजता प्राप्त गर्न सकिँदैन । यो चीनसँग सुधारिँदै गएको सम्बन्ध र व्यापारलगायतका क्षेत्रमा गरिराखेको प्रगतिको लागि ठूलोे चुनौतीको विषय हो । व्यापारिक साझेदारको अतिरिक्त चीन र भारत ब्रिक समूहका साथै सांघाई सहयोग संगठनमा पनि सहकार्य गरिआएका छन् । धेरै तिरको सौहार्दपूर्ण संलग्नताको कारण यी दुई देशका बीचको सम्बन्ध बीआराईका कारणले मात्र धुमिल हुन सक्दैन भन्ने तर्क पनि गरिँदैछ ।

राष्ट्रपति सीले यस बृहत् सञ्जालको उद्घाटन समारोहमा इन्डियालाई जसरी पनि यस महाअभियानमा संलग्न गराई आफ्नो गन्तव्यमा पुग्ने लक्ष पूरा गर्ने अभिव्यक्ति दिएका छन् । भुटानबाहेकका दक्षिण एसियाका देशहरूले बीआरआईलाई समर्थन गरिसकेकाले पनि भारतलाई एक प्रकारको दबाब सिर्जना भएको छ । चीन बंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र नेपाललाई समेत बीआराईमा संलग्न गराई यस बृहत् अभियानको कार्यान्वयनमा जुटिसकेको छ । यसको उद्घाटन हुने एक दिनअघि अर्थात् मे १२, २०१७ मा नै नेपालले आफ्नो संलग्नता र समर्थन दिई सम्झौता गरिसकेको छ । यसबाट नेपालले विभिन्न आधारशिलाको निर्माणका साथै ऊर्जा, सञ्चार, रेलमार्ग, सडक, हवाई मार्गको शीघ्र विकासमा योगदान पुग्ने भई देश समृद्धिको दिशामा अभिमुख हुने उत्साहजनक अभिव्यक्ति पटकपटक दिएको छ । यसबाट लामो समयदेखिको अत्यन्त निकट सम्बन्ध रहेको छिमेकी देश भारत स्वभावतः आश्चर्यमा परेको छ । यी घटनाक्रमले भारतलाई रणनीतिक रूपमा धक्का पुगेको र पुग्दै जाने अनुभूति गरिराखेको अवस्था छ ।

आउँदा दिनमा सबै देशसँग सुसम्बन्ध विस्तार गरी कूटनीतिक सफलता प्रदर्शन गर्न सक्नुपर्छ

धेरै कारणले गर्दा भारतलाई नेपालको बीआरआई प्रवेश सहज देखिएको छैन । भारत र नेपालका बीच परम्परागत रूपमा ऐतिहासिक, सांस्कृतिक, राजनीतिकलगायतका निकटता प्रगाढ छ । खुला सिमानाका कारण पनि यी दुई देशहरूका बीचको सम्बन्ध सुमधुर हुनु जरुरी छ । किनकि खुला सिमानाको कारण सिर्जना हुने दुई पक्षीय समस्याको समाधान जस्तोसुकै प्रगाढ सम्बध कायम भए पनि चीनबाट सम्भव हुँदैन । भूपरिवेष्ठित देश नेपालले समुन्द्रसम्मको पहुँच पनि भारतबाटै प्राप्त गरिराखेको छ । भारत र चीनको सन् १९६२ को युद्धको समयदेखि नै नेपाललाई भारतले आफ्नो सुरक्षा कवच मान्दै आएको छ । त्यसैले, नेपाल र भारतका बीचको सुसम्बन्ध दुवै देशहरूका लागि सधंैका लागि अत्यन्त महŒवपूर्ण हुन्छ ।

लामो समयदेखि नेपालले भारतबाट धेरै प्रकारका राजनीतिक सहयोग प्राप्त गरिराखेको अवस्था छ । नेपालको द्वन्द्वात्मक अवस्थाको समाधान गर्नका लागि द्वन्द्वात्मक पक्ष र संसद्वादी पक्षधरहरूका बीच सन् २००८ मा समझदारी गराई मूर्त रूप दिइएको थियो । यो सम्झादारीको प्रभाव स्वरूप शान्तिपूर्ण तरिकाले देश गणतन्त्रसम्मको यात्रा गर्न सफल भएको हो । राजनीतिक प्रभावकै कारण नेपालको वर्तमान संविधान घोषणा हुँदा मधेसीहरूलाई दोस्रो दर्जाका नागरिकसरह संवैधानिक व्यवहार भएको आलोचना गर्दै भारतले नेपालको संविधानलाई समर्थन मात्र नगरेको होइन, संविधान घोषणाको काम केही समय नगर्नका लागि मोदीजीले आफ्नो विशेष दूत पठाई दबाब सिर्जना गरेको र मधेसीमैत्री संविधान बन्नुपर्ने अपेक्षा राखेको अवस्थामा यो दबाबलाई स्वीकार नगरी नेपालले आफ्नो संविधान जारी गरेको थियो । यस परिघटनाले दुई देशका बीचको कूटनीतिक सम्बन्धमा गम्भीर रूपमा नकारात्मक प्रभाव परेको थियो, जसबाट मोदीले सन् २०१४ मा नेपाल भ्रमण गरी बनाएको सौहार्दपूर्ण सम्बन्धसमेत धराशायी भएको थियो ।

यस परिस्थितिमा दुई देशबीचको सम्बन्ध तिक्तताको अवस्थामा पुगी भारतले आर्थिक नाकाबन्दी गर्दा नेपाली नागरिकको मनोविज्ञान भारत विरोधी रूपमा विकसित हुन पुगेको थियो । नेपालले यसको विकल्पको रूपमा चीनसँगको निर्भरता बढाउने रणनीति अवलम्बन गर्न थाल्यो । आर्थिक नाकाबन्दीको उग्र विरोध गर्दै राष्ट्रियताको उग्र नारा दिँदै निर्वाचनमा आफ्नो विजय सुनिश्चित गर्न नेपालका साम्यवादी सफल भई सरकारमा पुगेका छन् । बीआराईमार्फत देशले गर्ने प्रगतिभन्दा पनि लामो समयदेखिको भारतको नेपालमा परिराखेको एकछत्र प्रभावलाई चीनले रोक्दै आफ्नो प्रभावलाई विस्तार गर्ने नीति अवलम्बन गर्दै गएको प्रतीत भइराखेको छ । यस परिस्थितिमा भारतले नेपालसँगको वैदेशिक नीति र कूटनीतिका सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपालसँगको विदेश नीतिको बारेमा भारतले निर्णय लिँदा चीनले नेपालसँग कूटनीतिक सफलता हासिल गर्दै गएको, भारतको कडा विरोधका बाबजुद चीन सार्कको पर्यवेक्षक सदस्य बन्न सफल भएको जस्ता कूटनीतिक महŒवका विषयलाई मध्यनजर राख्नुपर्दछ । नेपालले पटकपटक हुँदै आएको आर्थिक नाकाबन्दीको समाधानको विकल्प चीन मात्र भएको तर्फ विशेष रूपमा सोच बनाएको अवस्था छ । भौगोलिक विकटताको कारणले चीनसँगको नेपालको निर्भरतालाई आधुनिक प्रविधिको उपयोगबाट पुग्न सक्ने सहजताका सम्बन्धमा नेपालले सोच्नु नै पर्दछ । त्यसैले घटनाक्रमलाई सतही रूपमा मूल्यांकन गर्ने अवस्था विल्कुल छैन । नेपालसँगको सम्बन्धलाई थप विकास गर्दै अनावश्यक नाकाबन्दीलगायतका व्यवधानहरूको सिर्जना आउँदा समयमा नहुनेगरी भरपर्दो प्रत्याभूति गराउने सम्बन्धमा गहन कूटनीतिक अभ्यास विशेषगरी भारतीय पक्षबाट गरेर नेपालसँग नयाँ शिराबाट परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध सुदृढ गर्न भारत गम्भीर रूपमा लागिपर्नु पर्दछ ।

वर्तमान समयमा सीमा समस्याका कारण नेपालले आफ्नो नक्सामा संशोधन गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा आदि समावेश गरी भारतीय अतिक्रमणको विरोध गरेर भारतविरुद्ध अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री ओलीजी रहँदासम्म भारतसँग यस विषयमा वार्तामा बस्नसम्म पनि अस्वीकार गर्दै जाने अवस्था छ । सिमानासम्बन्धी समस्या प्रायः सबैतिर वार्ताबाटै समाधान हुँदै आएका छन् । यसले लामो अवधिसमेत लिने गर्दछ । बंगलादेश र भारतका बीचको सीमा समस्या ४५ वर्षको लगातार वार्तापश्चात् टुंगोमा पुगी ४३ अजार हेक्टर जमिन भारतबाट बंगलादेशले फिर्ता गर्न सफल भएको छ । नेपालको भारतसँगको प्रगाढ सम्बन्धका कारणयस मामिलामा नेपाल अन्यायमा परेकाले सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नै देशका सांसद, प्राज्ञहरूलगायतबाट दबाब सिर्जना भइराखेको सन्दर्भमा हाम्रा प्रधानमन्त्रीले सरकार परिवर्तन गर्न भारत लागिपरेको अभिव्यक्ति दिइरहँदा उक्त परिस्थिति अब नेपालका लागि प्रतिकूल बन्दै गएको अनुभूति भइराखेको छ ।

यसले व्यक्ति प्रधानमन्त्रीलाई पार्ने प्रभावलाई गौण मान्दै समग्र देशलाई केकति फाइदा वा बेफाइदा हुन पुगेको छ, त्यसलाई प्राथमिकता राख्नु जरुरी छ । यसैगरी अब भारत, चीन र संयुक्त राज्य अमेरिकालगायतका देशहरूसँग नेपालको सीमा समस्या, बीआरआई र एमसीसीका कारण नेपालले सामाना गर्नु परिराखेको असहज परिस्थितिलाई सहज वनाउन कूटनीतिक उपायको अवलम्बन गम्भीरताका साथ गर्दै शीघ्र स्थिति सहज बनाउनुपर्ने अवस्था छ । नेपालको हालको कूटनीतिक क्षमता अत्यन्त कमजोर रहेकाले यस परिस्थितिबाट मुक्ति पाउन अत्यन्त बढी सुझबुझका साथ अघि बढ्नुपर्दछ । नेपालले चीन वा भारतमध्ये कुनै एकतर्फ मात्र विशेष झुकाव राख्दा सामना गर्नुपर्ने सम्भावित चुनौतीहरूको विस्तृत विश्लेषण गरेर दुवै देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्ने कूटनीतिक चातुर्यता प्रदर्शन गर्न सक्नुपर्दछ । अन्त्यमा चीन, नेपाल र भारत तीनै पक्षबीच सन्तुलित, सौहार्दता र सुमधुर सम्बन्धबाट मात्र यस क्षेत्रको बहुपक्षीय विकास र प्रगतिको प्रत्याभूति गर्न सकिन्छ । अन्यथा नेपालले ठूलो कठिनाइको सामाना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्दछ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)