जुम्लाका महिलालाई मार्सी धान गोड्न भ्याइ नभ्याइ

जुम्ला । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न महिलालाई भ्याइ नभ्याइ छ । जुम्लाको सिञ्जा, पान सय, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्ने महिलाको प्रतिस्पर्धा चलेको छ । कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले गोडमेलको कामलाई दैनिक खेतमा बिताइरहेका देखिन्छ ।

यस समयमा महिलाले गोडमेल गर्ने र पुरुषले खेत छाल्ने काम गर्छन् । मार्सी धान गोड्न निकै मिहिनेत लाग्ने किसानले बताएका छन् । धान बाहेकका सबै झार उखेलेर फाल्नुपर्ने भएकाले निकै सङ्घर्ष हुने गरेको किसानले बताएका छन् । अन्य बालीभन्दा धानमा बढी नै दुःख गर्नुपर्ने भएको तातोपानी–७ सर्मिका मन्नु अधिकारीले बताइन । उनका अनुसार बेर्ना राख्नेदेखि गोडमेल र धान भित्र्याउँदासम्म मार्सीलाई अन्य धानभन्दा बढी स्याहारको आवश्यकता हुन्छ ।

जिल्लाको तातोपानी गाउँपालिकामा रहेको लाछु ज्यूलोमा पनि अहिले महिला मार्सी गोड्न व्यस्त छन् । १२ औँ शताब्दीमा मार्सी धान सबैभन्दा पहिले रोपिएको सो ज्यूलामा निकै राम्रो धान उत्पादन हुने गरेका छ ।

यसैगरी, सिन्जा क्षेत्रमा पनि प्रशस्तै मार्सी धान उत्पादन हुने गरेको छ । पछिल्लो समयमा ब्लास्ट रोगले हैरान बनाएकाले धान धेरै मात्रामा खेर जानेसमेत गरेको पाइन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाका अनुसार जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेदेखि खेतमा औषधि हाल्नसमेत रोक लगाइएको छ । उनले अर्गानिक जिल्लाको पूर्वाधार तयार गर्ने कार्यक्रम अबको आवश्यकता रहेको बताए ।

उनका अनुसार जुम्लामा एक हजार तीन सय हेक्टर जमिनमा मार्सी धान रोपिने गरेको छ । यता कृषि अनुसन्धान कार्यालयले मार्सी धान रोगले जोगाउन कठिन भएकाले मार्सीको विकल्पमा चन्दननाथ–१ नामक धानसमेत अनुसन्धान गरी रोप्न सुरु गरिएको जानकारी दिएका छन् । पछिल्लो समयमा चन्दननाथ–१ को खेती विस्तार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ३ हजार २४४ मतान्तरले अगाडि