सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारी बलात्कार आरोपमा पक्राउ

पोखरा । कास्की प्रहरीले करणीसम्बन्धी कसूरमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारीलाई पक्राउ गरेको छ । आज अपराह्न २ः३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजूरी दिएकी थिइन् ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालले कन्ट्रोल रुममा घटनाका ’boutमा जानकारी आएलगत्तै कास्की प्रहरी परिचालन गरी अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो । चितवनकी अन्दाजी ३० वर्षीया महिलालाई अधिकारीले आफ्नै आवासमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुन सक्ने प्रारम्भिक बयानबाट देखिएको छ ।

अभियुक्त अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । साउन १ गते तोकिएका ठाउँमा हाजिर हुनु एक दिनअघि उनी सो घटनामा मुछिएका छन् । उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको र अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा